ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थी नेता भन्छन्–‘बालेनको डायरीमा केरेर विद्यार्थी आन्दोलन समाप्त हुँदैन’


एबीसी न्यूज
बैशाख ७, २०८३ सोमबार   ११ : १७   बजे

काठमाडौं बैशाख ७ । नेपाली विद्यार्थी आन्दोलन अहिले गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र अस्तित्व रक्षाको चुनौतीपूर्ण मोडमा उभिएको छ । समय र प्रविधिको मागअनुसार पुरानो ढर्रा त्यागेर राजनीतिमा ‘अपडेट’ र शुद्धीकरणको आवश्यकता औँल्याइएको छ । आन्दोलनलाई विचारको ‘नर्सरी’ मान्दै यसलाई उपेक्षा गर्ने र प्रशासनिक बलमा सिध्याउने खेलको प्रतिवाद विद्यार्थी नेताहरुले गरेका छन् । विद्यार्थी नेतृत्वलाई आफ्ना पार्टीका शिर्ष नेताको छायाँ मात्र नबनी शैक्षिक मुद्दामा केन्द्रित भएर सडक संघर्षमा खटिन पूर्व नेतृत्वले निर्देशन दिएका छन् । आन्दोलनको गरिमा फर्काउन बदलिँदो सामाजिक मनोविज्ञान बुझ्ने र आचरणगत सुधार गर्दै नीतिगत लडाई लड्न आफूहरु तयार रहेको विद्यार्थी नेता बताउँछन् । 
नेपाली काँग्रेसका नेता नैनसिंह महरले परिवर्तनशील समाज र प्रविधिको युगमा पुरानै राजनीतिक ढर्राले परिणाम नदिने बताउनु भयो । संयुक्त विद्यार्थी संगठनको एक कार्यक्रममा बोल्दै नेता महरले राजनीति र विद्यार्थी आन्दोलनमा व्यापक सुधारको आवश्यकता रहेको बताउनु भयो । 
उहाँले भन्नुभयो– ‘प्रश्नपत्र ४८ सालको छ, पाठ्यक्रम पनि त्यही बेलाको छ र हामी ८२ सालमा त्यही उत्तर लेखेर पास हुन खोज्दैछौँ । समाजको मनोविज्ञान र प्रविधि फेरिइसक्यो, तर हाम्रो काम गर्ने शैली अझै पुरानै छ । पेन्टियम–३ को कम्प्युटरले आजको समयमा काम गर्दैन, सोसाइटीले अपडेट खोजेको छ । विद्यार्थी राजनीति समाप्त गर्ने कुरा होइन तर यसको चरित्रमा सुधार जरुरी छ ।’

उहाँले विगत ३५ वर्षको शासन व्यवस्थाको लेखाजोखा नगरेका कारण र युवा पुस्ताको भावना बुझ्न नसक्दा राजनीतिले अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गर्नुभयो । विद्यार्थी राजनीतिलाई विस्थापित गर्ने प्रयास भइरहेको प्रति संकेत गर्दै महरले यसलाई हटाउने नभई सुधार गर्नुपर्नेमा जोड दिनुभयो । विश्वविद्यालयहरूबाट ब्यानर र कार्यलयहरू हटाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै उहाँले स्वतन्त्र विद्यार्थी युनियन विश्वविद्यालयको नियमावली र संविधानले ग्यारेन्टी गरेको अधिकार भएको दाबी गर्नुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका युवा नेता सुदेश पराजुलीले विद्यार्थी आन्दोलन कुनै व्यक्तिको इच्छाले खारेज नहुने बताउनु भयो । पराजुलीले विद्यार्थी आन्दोलनको जन्म सडक र संघर्षबाट भएको भन्दै यसलाई कसैले पनि अन्त गर्न नसक्ने जिकिर गर्नुभयो । पराजुलीले वर्तमान विद्यार्थी नेतृत्वलाई आफ्ना माउ पार्टीका शिर्ष नेताहरूको छायाँ मात्र नबन्न आग्रह गर्नुभयो । उहाँले वैकल्पिक शक्तिका नाममा आएकाहरुलाई सडकमा आएर लोकतान्त्रिक प्रतिष्पर्धा गर्न चुनौती समेत दिनुभयो । विद्यार्थी आन्दोलनको ओरालो यात्रा विश्वविद्यालयहरूबाट पिसिएल (प्रविणता प्रमाण पत्र तह) विस्थापित गरेपछि शुरु भएको पराजुलीको तर्क छ । पराजुलीले विद्यार्थी नेताहरूलाई आन्तरिक विवाद छोडेर सडक संघर्षमा उत्रिन निर्देशन दिनुभयो । विद्यार्थी आन्दोलन नेतालाई प्रश्न गर्ने र जवाफदेही बनाउने पाठशाला भएको भन्दै उहाँले सडकबाटै वर्तमान बेथितिको ठेगान लगाउनुपर्नेमा जोड दिनुभयो ।

पराजुलीले भन्नुभयो, ‘खबरदार ! बालेनको डायरीबाट विद्यार्थी आन्दोलन जन्मिएको होइन । बालेनको डायरीमा केरेर विद्यार्थी आन्दोलन समाप्त वा खारेज पनि हुँदैन । नवीन पौडेलजी शेरबहादुर देउवाको अनुहार जस्तो होइन, नेविसंघको सैद्धान्तिक आलोकमा उभिनुपर्छ । दीपक धामीजी ओली जस्तो होइन, अनेरास्ववियु जस्तो देखिनुपर्छ । विजय सापकोटा र महेश श्रेष्ठजीहरू पनि प्रचण्ड वा माधव नेपालको अनुहार जस्तो होइन, विद्यार्थी आन्दोलनको चरित्र बोकेर अघि बढ्नुपर्छ । विद्यार्थी नेता भनेको दृढता, आँट र साहस भएको मान्छे हो । सत्ताको घमण्ड गर्ने र लफङ्गाहरूको शासनसँग डराउनु पर्दैन । एउटै व्यक्तिले भए पनि जिन्दावाद र फासिस्ट सरकार मुर्दावाद भन्न सक्ने आँट गर्नुपर्छ ।’
नेकपा एमालेका युवा नेता समिक बडालले नेपालको विद्यार्थी आन्दोलनलाई विचार उत्पादनको मुख्य केन्द्र भएको बताउनु भयो । बडालले विद्यार्थी आन्दोलनको गरिमा र इतिहासलाई कसैले पनि कम आँक्न नहुने बताउनु भयो । उहाँले विगतमा राजतन्त्रको सान्दर्भिकता विरुद्ध बहस चलाउने तागत विद्यार्थी संगठनहरूसँगै रहेको स्मरण गर्दै अहिले विद्यार्थी संगठनको अस्तित्वकै लागि बहसमा जुट्नुपर्ने अवस्था आउनु विडम्बनापूर्ण रहेको उल्लेख गर्नुभयो । 
बडालले भन्नुभयो, ‘कलेजहरू सचेत विद्यार्थी पढ्ने ठाउँ हुन् । त्यहाँ फासीवादी सत्ताका रोबोटहरू उत्पादन हुँदैनन् । विद्यार्थी संगठनहरू भनेको विचार प्रस्फुटित हुने नर्सरी हुन् । यी नर्सरीहरूलाई कुनै फाउण्डेसनका कृत्रिम अभियानहरूले केही समय ओझेलमा पार्लान्, तर समाप्त पार्न सक्दैनन् । आन्दोलन सधैं एउटै दिशामा जाँदैन । यसका छालहरू कहिले तल त कहिले माथि हुन्छन् । यसबाट दिग्भ्रमित नभई उच्च मनोबलका साथ लाग्न जरुरी छ । कानून नपढेकाहरूले सरकार चलाइरहेका छन् । लुकी–लुकी कसैको डिजाइनमा विद्यार्थी आन्दोलनमाथि प्रतिवन्ध लगाउने र कलेजहरूमा प्रहरीका बुटहरू छिराउने षड्यन्त्र भइरहेको छ। यसको प्रतिवाद विद्यार्थीहरूले नै गर्नुपर्छ ।’
प्रशासनिक र कानूनी रूपमा विद्यार्थी आन्दोलनलाई कमजोर बनाउन खोजिएको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

विश्वकप २०२६ : अमेरिका नकआउट चरणमा, मोरक्कोले स्कटल्यान्डलाई हरायो — समूह चरणको समीकरण रोचक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group