ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न जेनजी मुभमेन्टको माग


एबीसी न्यूज
बैशाख ७, २०८३ सोमबार  ८ : ०० बजे

काठमाडौं, ७ वैशाख । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेको छ।सोमबार प्रवक्ता विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा पदमा बहाल रहँदा अनुसन्धान प्रक्रिया प्रभावित हुने र यसले स्वार्थको द्वन्द्व निम्त्याउने उल्लेख गरिएको छ।

आफ्नैविरुद्ध छानबिन भइरहेको अवस्थामा मन्त्री पदमा रहिरहनु आधारभूत नैतिकता र कानुनी सिद्धान्तविपरीत भएको भन्दै निष्पक्ष न्यायका लागि पदत्याग आवश्यक रहेको जिकिर गरिएको छ।मुभमेन्टले मन्त्री नियुक्ति र बर्खास्तीलाई हल्का राजनीतिक खेल नबनाउन बालेन शाह नेतृत्वको सरकारलाई आग्रह गरेको छ।

क्याबिनेटमा समावेश गर्ने निर्णयलाई गम्भीर राजनीतिक र नैतिक विषयका रूपमा लिनुपर्ने भन्दै नेतृत्वले परिपक्वता, दूरदर्शिता र जवाफदेहिता देखाउनुपर्ने उल्लेख गरिएको छ।वक्तव्यमा ‘यो कुनै साधारण सरकार नभई ७६ जना शहीदको बलिदानबाट प्राप्त जनादेशको प्रतिनिधित्व गर्ने सरकार हो’ भन्दै जनताको त्यागमाथि सस्तो राजनीति नगर्न चेतावनी दिइएको छ। सुशासन, पारदर्शिता र जवाफदेहितामा कुनै सम्झौता स्वीकार्य नहुने पनि मुभमेन्टले स्पष्ट पारेको छ।विवादास्पद व्यापारी दीपक भट्टसँग साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा मुछिएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृहमन्त्री गुरुङलाई बर्खास्त गर्न जेनजी मुभमेन्टको माग

साइत नहेरी शुभकार्य गर्ने परम्परासहित अक्षय तृतीया मनाइँदै

सम्बन्धित

साइत नहेरी शुभकार्य गर्ने परम्परासहित अक्षय तृतीया मनाइँदै

सोमबार ६ प्रदेशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वार्ताका लागि सोमबार साँझसम्म अमेरिकी टोली इस्लामावाद पुग्ने ट्रम्पको घोषणा

इरानी कार्गो जहाजमा अमेरिकी आक्रमण, इस्लामावादमा दोस्रो वार्ताको तयारी

गृहमन्त्री सुधन गुरुङले सम्पत्ति विवरणमा ठूलो लगानी लुकाएको खुलासा

सरकारलाई नेकपाको खबरदारी– सुकुमबासीलाई उठीबासदेखि ट्रेड युनियन खारेजीसम्ममा विरोध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com