काठमाडौं, बैशाख ७ । हिन्दू धर्मावलम्बीहरूले आज अत्यन्त शुभ मानिने अक्षय तृतीया पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन्। “अक्षय” अर्थात् कहिल्यै नाश नहुने पुण्य प्राप्त हुने विश्वासका साथ आजका दिन दान, जप, तप तथा विभिन्न शुभ कार्यहरू गर्ने परम्परा छ। यस दिन साइत नहेरी विवाह, गृहप्रवेश र नयाँ व्यवसाय सुरु गर्न सकिने धार्मिक मान्यता रहिआएको छ। साथै, भगवान विष्णु र माता लक्ष्मी को पूजा आराधना गर्दा धन–सम्पत्ति र सुख–समृद्धि प्राप्त हुने विश्वासका कारण देशभरका मन्दिरहरूमा भक्तजनको भीड लागेको छ।








प्रतिक्रिया दिनुहोस्