ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीको भारत भ्रमण सफल र फलदायी – भारतीय नेताहरु


एबीसी न्यूज
चैत्र २५, २०७४ आईतबार   ६ : ५८   बजे

नयाँ दिल्ली, २५ चैत । तीन दिने राजकीय भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सफल र फलदायी रहेको भारतिय नेताहरुले बताएका छन । भारतमा रहेका नेपाली संचारकर्मीहरु संग कुराकानी गर्दै भारतीय सत्तारुढ दल र प्रतिपक्षी दुवै दलका प्रभावशाली नेताहरुले यस्तो प्रतिक्रिया दिएका छन्

भारतीय गृहमन्त्री राजनाथ सिंहले कुराकानीमा भने, ‘ओलीजीको भ्रमण सफलभयो, यो भ्रमणसँगै अब नेपालमा विकास र समृद्धिको ढोका खुलेको छ । भ्रमण कोशेढुँगा सावित भएको छ, म त निकै खुशी र उत्साही छु ।’
उनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखिएका सबैखाले असमझदारी पनि यो भ्रमणसँगै हटेको विश्वास दिलाए । मन्त्री सिंहले नेपालको प्रगतिको लागि भारतले सदैव सहयोग गर्दै आएको र आगामी दिनमा पनि झनै सहयोग बढाउने वचन दिए ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अरुण तेस्रोको शिल्यान्यास गर्न छिट्टै नेपाल भ्रमणमा जाने पनि जानकारी दिए । उनले नेपाल र भारत छिमेकीमात्रै नभई भ्रातृत्व, मैत्रीएवं सदाचारको धनी समेत रहेकाले एक–अर्काको चासो र चिन्तालाई सम्बोधन गरेर अगाडि जान ओलीको भ्रमणसँगै मार्ग प्रशस्त भएको स्पष्ट पारे ।

त्यस्तै नागरिक उड्यनमन्त्री सुरेश प्रभुले पनि प्रधानमन्त्री ओलीको भ्रमण सफल र फलदायी भएको टिप्पणी गरे । भ्रमणको क्रममा ओलीको प्रस्तुति लोभलाग्दो भएको उनले जनाए ।

नेपालमा छिट्टै रेलमार्ग र जलमार्गको निर्माण हुने र कृषिमा क्रान्ति गर्ने समेत उनको विश्वास थियो । प्रभुले भने, ‘नेपालले अब विकास गर्छ । उनले नेपालमा वार्षिक १५ लाख भारतीय पर्यटकहरु पठाउने पनि बताए ।

भाजपाका महासचिव राम माधवले पनि ओलीको भ्रमणले द्धिपक्षीय सम्बन्धमा नयाँ अध्याय र आयामहरु थपिदिएको प्रतिक्रिया दिए । उनले भारतीय प्रधानमन्त्री मोदी छिट्टै नेपाल भ्रमणमा जाने जनाउँदै भारतले चाँडोभन्दा चाँडो वीरगंज हुँदै काठमाडौंसम्म रेल पुर्याउने विश्वास दिलाए ।

त्यस्तै कंग्रेस आईका महासचिव द्धिगविजय सिंहले आफूहरुले पहिले पनि नेपालमा विकासको युगको सुरु हुनुपर्छ भनेको र अहिले पनि त्यो चाहना यथावत रहेको सुनाए ।

उनले भने, ‘यसपटक मोदीजीले आफूलाई परिवर्तन गर्दै नेपाललाई सहयोग गर्छौं भन्नुभयो, हामी उहाँको प्रतिबद्धतामा समर्थन गर्छौं । नेपालका प्रधानमन्त्रीको भ्रमणबाट हामी खुशी छौं । ओलीजीसँग हाम्रो अध्यक्ष राहुल गान्धी र पूर्व प्रधानमन्त्री मनमोहन सिंहले भेट्नुभयो । हामी त उहाँको भ्रमणबाट निकै खुशी छौं ।’
भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका महासचिव सिताराम यचुरीले ओलीको भारत भ्रमणसँगै नेपाल र भारतबीचको सम्बन्धमा नयाँ अध्याय सुरु भएको टिप्पणी गरे । उनले भने, ‘यो भ्रमणले नेपाल र नेपालीहरुको मात्रै होईन, भारतीयहरुको पनि मत जितेको छ, उहाँको भ्रमण सफल र फलदायी भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

समसामयिक राजनीतिक विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group