ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानले पूर्ण रूपमा खोल्यो स्ट्रेट अफ हर्मुज


एबीसी न्यूज
बैशाख ४, २०८३ शुक्रबार  ८ : २४ बजे

काठमाडौ, ४ वैशाख । इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खोलेको घोषणा गरेको छ।शुक्रबार इरानी विदेश मन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समार्फत लेबनानबारे भएको युद्धविराम हुञ्जेलसम्मका लागि हर्मुज पूर्ण रूपमा खुलेको घोषणा गरेका हुन्ुलेबनानमा भएको युद्धविराम पछि स्ट्रेट अफ हर्मुजमार्फत सबै व्यावसायिक जहाजहरूको आवागमन युद्धविरामको बाँकी समयका लागि पूर्ण रूपमा खुलाइएको छ, उनले लेखेका छन्।

हर्मुज खोलेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल कम्पनी ट्रुथ सोसियलमार्फत धन्यवाद दिएका छन ुइरानले भर्खरै स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खुलाएको र सबै आवतजावतका लागि खुलाएको घोषणा गरेको छ, उनले लेखेका छन्। बिहीबार मात्रै इरानले हर्मुजको ओमानतर्फको जलमार्गबाट आवतजावत गर्ने प्रस्ताव अघि सारेको थियो।ट्रम्पले गत साता हर्मुज नखोले नाकाबन्दी लगाउने चेतावनी दिएका थिए।इरानले पछिल्ला हप्ताहरूमा यो अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गरेबापत जहाजहरूसँग टोल शुल्क लिने र जलमार्गमा आफ्नो सार्वभौमसत्ता लागू गर्ने जस्ता विवादास्पद योजनाहरू अघि सारेको थियो।लण्डनमा अन्तर्राष्ट्रिय समुद्री संगठन (आइएमओ) को बैठकमा सदस्य राष्ट्रहरूले इरानको यस्तो योजनाले खतरनाक नजिर बसाल्ने भन्दै विरोध गरिरहेका थियो।अमेरिका–इसराइल र इरानबीचको युद्धका कारण हर्मुज जलमार्गबाट हुने विश्व ऊर्जा आपूर्तिमा ठूलो अवरोध आएको छ।

विश्वको करिब २० प्रतिशत कच्चा तेल तथा तरल प्राकृतिक ग्यास यही मार्गबाट ओसारपसार हुने भएकाले यसको नियन्त्रण वार्ताको केन्द्रमा रहेको छ।फेब्रुअरी २८ देखि सुरू भएको युद्धपछि खाडी क्षेत्रमा सयौं ट्यांकर र झण्डै २० हजार नाविक अलपत्र परेका छन्।अप्रिल ८ देखि दुई साताको युद्धविराम लागू भए पनि जलमार्गको नियन्त्रण अझै समाधान हुन बाँकी रहेकाले यो प्रमुख विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काँग्रेस आधिकारिकता विवादसम्बन्धी रिटमा बहस सकियो, निर्णय आजै आउने सम्भावना

सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज

सम्बन्धित

प्रधानमन्त्रीको ‘गोप्य फोन लाइन’ : मन्त्रीका लागि छुट्टै सेट र सिम, बढ्यो चासो र शंका

विद्यालय सञ्चालन मिति विवाद र शिक्षा नीति अस्पष्टताबारे शिक्षाविद्हरूको चिन्ता (भिडियोसहित)

सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज

संसदीय समितिमा पत्रकारलाई प्रवेश निषेध

२४ घण्टामै लाइसेन्स छापिने व्यवस्था सुरु, सञ्चारमन्त्रीद्वारा सुरक्षण मुद्रण केन्द्र निरीक्षण

“मेरो बाबु भए पनि छाड्दिनँ” – गृहमन्त्री गुरुङको कडा चेतावनी, अदालतप्रति असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com