ओखलढुंगा । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार तथा नेपाल प्रहरीका पूर्व अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेल झिनो मतान्तरले विजयी भएका छन्।
उनले निकटतम प्रतिस्पर्धी कुमार लुइँटेल (नेपाली कांग्रेस) लाई केवल ५ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा जीत हासिल गरेका हुन्।
निर्वाचन आयोगका अनुसार पोखरेलले १३,९५३ मत प्राप्त गरेका छन् भने लुइँटेलले १३,९४८ मत पाएका छन्।
सुरुवाती चरणको मतगणनामा केही पछि परेका पोखरेलले अन्तिम चरणमा अग्रता लिँदै ५ मतको झिनो अन्तरले जित सुनिश्चित गरेका हुन्।
यो परिणाम २०८२ को प्रतिनिधिसभा निर्वाचनमा देखिएको सबैभन्दा झिनो मतान्तरमध्ये एक मानिएको छ।








प्रतिक्रिया दिनुहोस्