ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram
सम्पूर्ण अपडेट

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

ओलीको किल्ला भत्काउँदै इतिहास रच्ने युवा इन्जिनियरको जोखिमपूर्ण यात्रा


एबीसी न्यूज
फाल्गुन २४, २०८२ आईतबार  ८ : १४ बजे

काठमाडौं : एबीसी टिप्पणी । जब कुनै व्यक्ति स्थापित परम्परा, सुरक्षित घेरा र ‘सजिलो बाटो’ छोडेर अकल्पनीय जोखिम मोल्छ, त्यही बेला इतिहास कोरिन थाल्छ । ३६ वर्षीय सिभिल इन्जिनियर, पूर्व र्‍यापर र काठमाडौंका पूर्वमेयर बालेन्द्र शाह (बालेन) ले ठ्याक्कै त्यही गरेका छन् । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अभेद्य मानिएको ‘लालकिल्ला’ झापा–५ मा गएर चुनाव लड्ने घोषणा गर्दा धेरैले यसलाई ‘अपरिपक्व स्टन्ट’ वा ‘आत्मघाती कदम’ ठानेका थिए । तर बालेनले त्यो ‘फलामको च्युरा’ चपाएर मात्र छोडेनन्—६८ हजार ३ सय ४८ मतको रेकर्ड ब्रेकिङ आँधी ल्याएर ओलीलाई १८ हजार ७३४ मतमा खुम्च्याइदिए । यो चुनावको सबैभन्दा ठूलो ४९ हजार ६१४ को फराकिलो मतान्तरले संसदीय इतिहासमै कुनै उम्मेदवारले पाएको यो सबैभन्दा ठूलो मतान्तर र मत बनयो ।

यो जित व्यक्तिगत होइन, यो नेपाली राजनीतिको पुरानो सिन्डिकेटविरुद्ध जनताले दिएको अन्तिम प्रहार मान्नु बढी उपयुक्त हुनेछ । यो जेन–जी आन्दोलन (भदौ २३–२४) पछिको युवा विद्रोहको पराकाष्ठा हो । र यो बालेन शाहको ‘नहिँडेको बाटो’ रोचक राजनीतिक यात्रा त हुँदै हो ।

र्‍यापरबाट प्रधानमन्त्रीको अनपेक्षित यात्रा

काठमाडौंको गौरीगाउँमा जन्मिएका बालेन आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र ध्रुवदेवी शाहका छोरा हुन् । ह्वाइट हाउस इन्स्टिच्युट (अमेरिका) बाट सिभिल इन्जिनियरिङ र भारतको विश्वेश्वरैया राष्ट्रिय प्रौद्योगिक संस्थानबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका उनी पेशागत रूपमा देशका ६५ जिल्ला घुमिसकेको दावी गछन् । चार वर्षअघिसम्म उनी नयाँ पुस्ताका लागि मात्र ‘र्‍यापर बालेन’ थिए । तर २०७९ को स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर काठमाडौं महानगरपालिकाको मेयर जित्दा नै उनले मतदाताको मनोविज्ञानमा भएको भूकम्प देखाइसकेका थिए ।

मेयर भएपछि विकास, शिक्षा र स्वास्थ्यमा गरेका सीमित कामले भर्चुअल संसारको लोकप्रियतालाई वास्तविक भूगोलमा रूपान्तरण गर्न उनी सफल भए । तर उनको असली परीक्षण त भदौ २३–२४ को विद्रोह र त्यसपछि हुन थालेको हो । सडकबाटै प्रधानमन्त्री बन्ने प्रस्ताव आएको थियो । छोटो बाटो थियो त्यो । बालेनले अस्वीकार गरे । “म प्रधानमन्त्री बन्न मात्र होइन, प्रणाली बदल्न आएको हुँ,” भन्नेगरी उनले दिएको सन्देशले नै नेपाले वैश्विक संसदीय र समाचनुपातिक प्रणालकिो चुनाववाला देशको उदाहरण बन्न सफल भए ।

ओलीकै गढमा घुस्ने साहस

उनले काठमाडौं जस्तो ‘सुरक्षित क्षेत्र’ रोज्न सक्थे । तर बालेनले जानीजानी सबैभन्दा ठूलो चुनौती रोजे—ओलीकै आधार क्षेत्र झापा–५ । साथीहरूसँग उनले भनेका थिए, “प्रधानमन्त्री बन्ने हो भने प्रधानमन्त्रीकै उम्मेदवारलाई हराएर बन्नुपर्छ ।”

रास्वपा प्रवेशपछि उनले दुई तिहाई नेपाल घुम्ने अभूतपूर्व रोड सो गरे । जबकि अन्य शीर्ष नेताहरू आफ्नै क्षेत्रमा कैद थिए—पराजयको डरले । छोटा भाषण, तर बलियो सन्देश । जनकपुरको सभामा उनले भने, “म काम गर्ने मान्छे हुँ । काठमाडौंका नागरिकले अवसर दिए, मैले काम गरेर देखाएँ । अब तपाईंहरूले पनि अवसर दिनुहुन्छ ?”

संघीयताको मर्मलाई आम भाषामा व्याख्या गर्दै उनले थपे, “जनकपुरका प्रशासकीय अधिकृत फेर्न काठमाडौं जानुपर्ने ? अधिकार माग्न होइन, पशुपतिनाथ दर्शन गर्न मात्र काठमाडौं जाने हो त ?” मञ्चमा उक्लिनासाथ संवाद सुरु गर्ने उनको शैलीले झापाका मतदातालाई पनि जित्यो । धेरैलाई रास्वपा नाम थाहा थिएन, तर ‘घन्टी’ र ‘बालेन’ चिन्न पुगे । यो चुनावमा बालेन नै प्रत्यक्ष उम्मेदवार जस्ता देखिए, बाँकी रास्वपा समानुपातिक भने पनि हुन्छ ।
युवा जोश र जनवितृष्णाको पराकाष्ठा

झापा–५ मा एमालेको बलियो संगठन, ओलीको व्यक्तिगत उचाइ र गठबन्धन नहुँदा एकल भोट बैंक बालेनका लागि ठूलो चुनौती थियो । तर उनका दुई हतियार थिए—पहिलो, व्यक्ति बालेन र रास्वपाको अभूतपूर्व युवा लहर । दोस्रो, पुराना दलप्रतिको चरम वितृष्णा ।

मतदाताले संगठनको ‘बफादारी’ भत्काए । हजुरबुवा–हजुरआमा पुस्ताले पनि विकल्प खोजे । नतिजाः बालेनको जितले पुरानो राजनीतिक सिन्डिकेटलाई ध्वस्त पारिदियो । यो जित मात्र होइन, ‘जसरी पनि सत्तामा टिकिरहने’ शैलीविरुद्ध जनताको महागठबन्धन थियो ।

इतिहासको नयाँ रेकर्ड

यो संसदीय इतिहासकै सर्वाधिक मत हो । २०७४ मा ओलीले नै झापा–५ बाट ५७ हजार १३९ मत ल्याएका थिए । दोलखाबाट पार्वत गुरुङको ५५ हजार ३सय ६१, २०८० को उपनिर्वाचनमा रवि लामिछानेको ५४ हजार १सय ७६, सोबिता गौतमको ५९ हजार २सय ७७, रूबिना आचार्यको ५५ हजार ५सय १३ जस्ता सबै रेकर्ड तोडियो । बालेन एक्लैले इतिहास बनाए ।

ओलीको आत्मश्लाघा !

२०७९ मा रास्वपाको उदयलाई ओलीले ‘मिडियाको कृपाले’ भन्दै हल्का लिएका थिए । “यो ठूलो कुरा होइन,” भनेका थिए । चुनावअघि उनले दाबी गरेका थिए—“६० हजार मत सूर्य चिन्हमा आउँछ ।” झापामै भनेका थिए, “सधैं ५० हजार मतान्तरले जित्ने क्षेत्रको मतान्तर कति होला ? डबल ?”

तर परिणाम तेब्बर भयो । ओलीले भक्तपुरमा मत खसालेपछि २१ फागुनमा भनेका थिए, “एमालेले बहुमत ल्याउँछ, म प्रधानमन्त्री बन्ने छु ।” तर समयले कोल्टे फेर्‍यो ।

ओलीको पुरानो शैली—प्रतिद्वन्द्वीलाई ‘निम्छरो’ ठान्ने, व्यंग्य गर्ने, आत्मविश्वासको सीमा नाघ्ने—अन्ततः आफ्नै लागि घातक भयो । एक पटक प्रधानमन्त्री भएका बेला उनले बालेनलाई तबला उपहार दिएका थिए । यो चुनावले प्रतीकात्मक रूपमा त्यही तबलाको ताल ओलीकै राजनीतिमाथि र उत्तरार्धको जीवनमाथिको ब्रजपात बन्न पुग्यो ।

के यो भारी बोक्न सक्छन् त ?

झापा–५ को यो जितले नेपाली राजनीतिलाई नयाँ गोरेटोमा उभ्याएको छ । अब प्रश्न के होइन भने बालेनले कसरी जिते । प्रश्न यो हो—यो विशाल जनमतको भारीलाई संसद र सम्भावित सत्तामा कसरी बोक्छन् ? बहुरंगी पृष्ठभूमिका युवा नेताहरूलाई एउटै छातामुनि कसरी मिलाउँछन् ? पुरानो संस्कृतिलाई नयाँ साझा संस्कृतिमा कसरी बदल्छन् ? र पार्टी हुँदै सरकारको नेतृत्व कसरी गर्छन् ?

बालेनले देखाएको जोखिम जनअनुमोदित भइसकेको छ । अब उनीले प्रमाणित गर्न बाँकी छ—यो जोखिमले नेपाललाई नयाँ युगमा पुर्‍याउन सक्छ कि सक्दैन ।

इतिहासले पर्खिरहेको छ । जनताको त के कुरा भयो र ? फेरि पनि ‘दुखीको बोलिदिने कोही छैन चमेली ?’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेसको सिट संख्या १४ पुग्यो, पाँचथरमा नरेन्द्रकुमार केरूङ विजयी

श्रम संस्कृति पार्टीले खाता खोल्यो, खोटाङमा आरेन राई विजयी

सम्बन्धित

कांग्रेसको सिट संख्या १४ पुग्यो, पाँचथरमा नरेन्द्रकुमार केरूङ विजयी

श्रम संस्कृति पार्टीले खाता खोल्यो, खोटाङमा आरेन राई विजयी

बुबाआमापछि ताप्लेजुङबाट एमालेका युवा नेता क्षितिज थेवे सांसद निर्वाचित

रास्वपाले प्रत्यक्षतर्फ १०० सिट जित्यो (सूचीसहित)

कांग्रेसका सभापति गगन थापालाई पराजित गर्दै अमरेश सिंह विजयी

ऐतिहासिक झट्का: किन कांग्रेस र एमालेले व्यहोरे सर्मनाक हार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com