बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐन महर निर्वाचित भएका छन्। यससँगै सुदूरपश्चिम प्रदेशमा एमालेले आफ्नो खाता खोल्न सफल भएको छ।
एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत पाए।
महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन्।
यस निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का मीनबहादुर कुँवर ९ हजार ७५७ मतसहित तेस्रो स्थानमा रहे भने राष्ट्रिय स्वतन्त्र पार्टीका शैलेश कुमार सिंहले ९ हजार २६३ मत प्राप्त गर्दै चौथो स्थान हासिल गरेका छन्।
कुल सात जना उम्मेदवार प्रतिस्पर्धामा रहेको यस क्षेत्रमा प्रारम्भिक मतगणनादेखि नै अग्रता बनाएका महरले अन्ततः स्पष्ट मतान्तरसहित जित सुनिश्चित गरेका हुन्।








प्रतिक्रिया दिनुहोस्