रुपन्देही । बाँके निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई विजयी भएका छन्। उनले फराकिलो मतान्तरसहित जित हासिल गर्दै लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्रमध्ये पहिलो जित दर्ता गराएका हुन्।
राईले २४ हजार ६ सय २६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८ हजार ५ सय ८१ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा नेपाली कांग्रेस तेस्रो स्थानमा रहेको छ। कांग्रेसका उम्मेदवार सुधान्सु कोइरालाले १७ हजार ५ सय ९० मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार ऋषिराज देवकोटाले १ हजार २ सय ८६ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार दीपेन्द्र विष्टले १ हजार १५ मत ल्याउँदै पाँचौँ स्थानमा रहेका छन्।
इस्तियाक राईको जितसँगै नेकपा एमालेले निर्वाचनमा पहिलो खाता खोलेको छ। बाँके–२ लाई एमालेको कमजोर क्षेत्रका रूपमा लिने गरिन्थ्यो। यसअघि यस क्षेत्रबाट राप्रपाको समर्थनमा धवल शमशेर राणाले जीत हासिल गरेका थिए।








प्रतिक्रिया दिनुहोस्