ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनार्दन शर्मा र विष्णुप्रसाद पौडेलद्वारा मतदान


एबीसी न्यूज
फाल्गुन २१, २०८२ बिहीबार   ८ : १४   बजे

रुकुमपश्चिम/बुटवल। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत विभिन्न दलका शीर्ष नेताहरूले आज बिहानै आ–आफ्नो मतदान केन्द्रबाट मताधिकार प्रयोग गरेका छन्।

प्रगतिशील लोकतान्त्रिक पार्टीका रुकुमपश्चिम उम्मेदवार जनार्दन शर्माले मुसिकोट नगरपालिका–५ स्थित शेरिगाउँ मतदान केन्द्रबाट मतदान गरेका छन्। पूर्वगृह तथा अर्थमन्त्रीसमेत रहेका शर्माले ‘क’ मतदान केन्द्रबाट पहिलो मतदाताका रूपमा मतदान गरेका हुन्।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले लोकतन्त्र सुदृढीकरणका लागि जनताको सहभागिता महत्वपूर्ण रहेको उल्लेख गर्दै आफू उत्साहित रहेको बताए।

यस्तै, नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुटवल–८ स्थित सडक विभागको मतदान केन्द्रबाट मतदान गरेका छन्। बिहानै मतदान केन्द्र पुगेका उनले आफ्नो मताधिकार प्रयोग गरेपछि निर्वाचनलाई लोकतन्त्रको उत्सवको संज्ञा दिए। उनले शान्तिपूर्ण र निष्पक्ष वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गरे।

बुटवल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्र वरिपरि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्वयंसेवक परिचालन गरिएको छ।

देशभर आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ र साँझ ५ बजेसम्म जारी रहने निर्वाचन आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

एबीसी स्पोर्ट्स टकमा हरि खड्का: विश्व फुटबल, प्रशिक्षकको भूमिका र नेपाली फुटबलको भविष्यबारे विस्तृत बहस(भिडियोसहित)

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

फिफा विश्वकप २०२६ मा ब्राजिलको पहिलो जित, हाइटी ३–० गोलले पराजित

विश्वकपमा नयाँ इतिहास : एकै खेलमा तीन महिला रेफ्री, फुटबलमा समान अवसरको सशक्त सन्देश

बाढी पहिरोले देशका विभिन्न राजमार्ग अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group