ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युएईमा मारिएका नेपालीको परिचय खुल्यो


एबीसी न्यूज
फाल्गुन १८, २०८२ सोमबार   ३ : ०७   बजे

काठमाडौं, १८ फागुन । इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स (युएई)मा मारिएका नेपाली नागरिकको परिचय खुलेको छ । अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको युएईको विदेश मन्त्रालयबाटद जानकारी प्राप्त भएको खुलाएको छ ।

‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दुस्खद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ राजदूतावासले भनेको छ ।

दूतावासले दिवंगत श्रेष्ठको निधनप्रति गहिरो दुस्ख व्यक्त श्रद्धाञ्जली अर्पण गरेर शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ ।

साथै, मृतकको पार्थिव शरीर यथाशीघ्र स्वदेश फिर्ता पठाउने प्रक्रियामा आवश्यक सहजीकरण गरिने राजदूतावासले जनाएको छ ।
यस्तै संवेदनशील परिस्थितिमा अबुधाबी तथा युएईमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई संयमता अपनाउन, सुरक्षित स्थानमा बस्न तथा स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशिकाहरूको पूर्ण पालना गर्न राजदूतावासले आग्रह गरेको छ ।इरानमा अमेरिका र इजरायलले हमला गरेपछि इरानले आसपासका अन्य देशमा पनि ड्रोन तथा मिसाइलमार्फत हमला गरेको थियो ।सोही हमलाका क्रममा शनिबार अबुधाबी विमानस्थलमा तीन जनाको मृत्यु भएको थियो । त्यो घटनामा एक नेपाली घाइते भएका थिए । उनको उपचारका क्रममा आइतबार मृत्यु भएको सूचना दूतावासले दिएपनि परिचय खुलाइएको थिएन ।
सोमबार ती मृतक श्रेष्ठको पहिचान खुलाइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

सम्बन्धित

ट्रम्पको नयाँ सन्देश : ‘इरानसँगको समझदारीले परमाणु हतियारको सम्भावना अन्त्य गर्नेछ’

इन्जुरी समयमा गोल गर्दै कतारले स्विट्जरल्यान्डसँग अंक खोस्यो : १–१

रावल आयोगले किटान गरेको वडागत अतिक्रमित भूमि र कित्ता नम्वरहरुको पूरा विवरण

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group