ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु,पार्किङ विवादले लियो उग्र रूप


एबीसी न्यूज
फाल्गुन ११, २०८२ सोमबार  १२ : ३२ बजे

पार्किङ विवादले लियो उग्र रूप, श्रीपुर–मुर्ली क्षेत्रमा तनाव

पर्सा । वीरगञ्ज महानगरपालिका–११ श्रीपुर–मुर्ली चौक क्षेत्रमा आइतबार राति युवाहरूबीच भएको झडपपछि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको छ। सामान्य सवारी पार्किङको विषयबाट सुरु भएको विवादले उग्र रूप लिएपछि ढुंगामुढा र झडप भएको थियो।

स्थिति नियन्त्रणबाहिर जान सक्ने आकलनपछि जिल्ला प्रशासन कार्यालय पर्सा ले आज बिहान ९:४५ बजेदेखि अर्को आदेश जारी नहुँदासम्मका लागि कर्फ्यु लागू गरेको हो।

चार किल्ला तोकेर निषेध

प्रमुख जिल्ला अधिकारी भोला दाहाल द्वारा जारी आदेशअनुसार कर्फ्यु क्षेत्रको सीमा यसप्रकार तोकिएको छ—

  • पूर्वतर्फ: बाइपास रोड
  • पश्चिमतर्फ: सिर्सिया नदी
  • उत्तरतर्फ: गण्डक चौक
  • दक्षिणतर्फ: शंकराचार्य गेट

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम लागू गरिएको कर्फ्यु अवधिभर भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना तथा घेराउजस्ता गतिविधिमा पूर्ण प्रतिबन्ध लगाइएको छ। अत्यावश्यक सेवाबाहेक सवारी साधन सञ्चालनसमेत निषेध गरिएको छ।

‘अवस्था नियन्त्रणमा’ : प्रहरी

जिल्ला प्रहरी कार्यालय पर्सा का प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार सवारी पार्किङको विषयमा युवाबीच विवाद हुँदा ढुंगामुढा भएको थियो।
“केहीबेर तनावपूर्ण अवस्था सिर्जना भए पनि अहिले अवस्था नियन्त्रणमा छ,” उनले भने।

घटनालगत्तै ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र नेपाली सेना परिचालन गरिएको थियो। सुरक्षाकर्मी घटनास्थलमा पुगेपछि झडप नियन्त्रणमा आएको जनाइएको छ।

केही घाइते, अनुसन्धान जारी

स्थानीयका अनुसार झडपका क्रममा केही युवाहरू सामान्य घाइते भएका छन्। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रशासनले शान्ति–सुरक्षा तथा सार्वजनिक सुव्यवस्था कायम राख्न र सम्भावित अप्रिय घटना रोक्न कर्फ्यु जारी गर्नुपरेको स्पष्ट पारेको छ। प्रभावित क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ र सुरक्षाकर्मीले निरन्तर गस्ती गरिरहेका छन्।

वीरगञ्जजस्तो औद्योगिक तथा सीमावर्ती सहरमा सानो विवादले उग्र रूप लिनुले स्थानीय प्रशासनलाई सतर्क बनाएको छ। अब कर्फ्यु कहिलेसम्म रहने भन्ने विषय सुरक्षा अवस्थाको मूल्याङ्कनपछि निर्णय हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु,पार्किङ विवादले लियो उग्र रूप

सम्बन्धित

परिवर्तनको हुटहुटी बोकेर हिँडेको हुँ, सही कुराका लागि मात्रै मेरो जिद्दी हो– अध्यक्ष ओली

सिन्धुलीमा निर्माणाधीन हिमालयन फुड कम्पनीमा झडप, पाँच चिनियाँसहित सात जना घाइते

बालेनको वाचापत्र २०८२ : झापा–५ केन्द्रित विस्तृत प्रतिबद्धता

धादिङ बस दुर्घटनामा मृतकको संख्या १९ पुग्यो, ९ जनाको सनाखत

धादिङ बस दुर्घटनामा १९ जनाले ज्यान गुमाए

धादिङ बस दुर्घटनाः मृतक १८ पुगे, ४ महिला र १ विदेशीको पनि मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com