ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरा लेडी जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबिसी टिभीले गर्ने


एबीसी न्यूज
फाल्गुन ८, २०८२ शुक्रबार  ७ : ३० बजे

पोखरा, ८ फागुन । जेसीआई पोखरा लेडी (पोखरा लेडी जेसीज) द्वारा आयोजना हुन लागेको ‘ककस प्रोग्राम–२०२६’ को एबिसी टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।

ककसको आधिकारिक प्रसारणका लागि जेसीआई पोखरा लेडी र एबीसी न्यूज प्रालिबिच सम्झौता भएको छ । कार्यक्रमका लागि दुई पक्षबीच बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सम्झौता पत्रमा पोखरा लेडी जेसीजका तर्फबाट अध्यक्ष जेसी सुनिता गौतम भण्डारी र एबीसी टेलिभिजनका तर्फबाट ब्यूरो प्रमुख एमबि आस्थामगरले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार आगामी फागुन ९ गते (फेब्रुअरी २१) पोखरा ५ पस्र्याङस्थित ताजमहल इभेन्ट सेन्टरमा आयोजना हुने ककस कार्यक्रमको एबीसी न्यूजले टेलिभिजन तथा डिजिटल प्लेटफर्ममार्फत प्रत्यक्ष र रेकर्डेड प्रसारण गर्नेछ ।

सम्झौता कार्यक्रममा पोखरा लेडी जेसीजको तर्फबाट कार्यक्रम संयोजक जेसी रेजिना कटुवाल क्षेत्री, कानुनी सल्लाहकार जेसी नन्दकुमारी सुवेदी ढुंगाना, कार्यकारिणी उपाध्यक्ष जेसी विनिता केसी र एबिसी टिभी पोखराका संवाददाता धनबहादुर गुरुङको उपस्थिति रहेको थियो । कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्न र धेरै भन्दा धेरै दर्शकसम्म पु¥याउन यो मिडिया सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने विश्वास दुवै पक्षले व्यक्त गरेका छन् ।

बिहीबार हुने कार्यक्रममा कास्की ३ का उम्मेद्वारहरुसँग प्रत्यक्ष संवाद हुनेछ । कास्की ३ बाट नेकपा एमालेका दमोदर पौडेल, नेपाली कांग्रेसका मनोज गुरुङ, नेपाली कम्युनिष्ट पार्टीका गोपाल गिरी, राष्ट्रिय स्वतन्त्र पार्टीका बिना गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनाल, उज्यालो पार्टी नेपालका तर्कबहादुर गुरुङ, मंगोल नेशनल अर्गनाइजेशनका जीवनबहादुर गुरुङ, नेशनल रिपब्लिक नेपालका तिर्थ गुरुङ उम्मेदवार छन् । यस्तै कास्की ३ बाटै श्रम संस्कृति पार्टीका हितकाजी गुरुङ, नेपाल मातृभूमि पार्टीका ओमप्रकाश विश्वकर्मा, आम जनता पार्टीका कुसल थापा क्षेत्री, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर थापा र नेपाल मजदुर किसान पार्टीका मिना न्हिसुतु पनि चुनावी मैदानमा छन् । बिहान ९ बजेदेखि सुरु हुने संवादको सहजीकरण पत्रकार दीपेन्द्र श्रेष्ठले गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

रास्वपाको ‘वाचापत्र’ : सहकारी पीडितलाई ‘१०० दिनभित्र पैसा फिर्ता, सञ्चालकलाई थुनेर होइन सुनेर’ समाधान

सम्बन्धित

नवलपुर–१ मा माओवादी उम्मेदवार भुर्तेलको दाबी : “जित्ने हामी नै हौं, सिट र मत दुवै बढ्छ” (भिडियोसहित)

२९० कन्टेन्ट उत्पादक तथा सम्प्रेषकलाई कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार

दाङमा एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ

सर्वोच्चको आदेशः दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउनू

एमालेको झण्डा जलाउनेमाथि कारबाहीको माग

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com