ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वेस्ट इन्डिजसँग पराजित हुँदै सकियो नेपालको सुपर ८ सम्भावना


एबीसी न्यूज
फाल्गुन ३, २०८२ आईतबार  ३ : ५५ बजे

काठमाडौं, ३ फागुन । आइसीसी टी–२० विश्वकप २०२६ मा लगातार तेस्रो खेलमा हार बेहोर्दै नेपालको विश्वकप पुनः समुह चरणमा नै सीमित भएको छ । नेपाल वेस्ट इन्डिजसँग ९ विकेटले पराजित भएको हो ।

नेपाललाई पराजित गरेसँगै वेस्ट इन्डिज भने सुपर ८ मा प्रवेश गरेको छ । मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन बनाएको थियो । नेपालले दिएको १३४ को विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । वेस्ट इन्डिजका लागि कप्तान साई होपले ६१ रनको अर्धशतकीय पराी खेले । उनले ४४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे।

सिम्रोन हेटमायर ४६ रनमा अविजित रहे। यी दुईले दोस्रो विकेटको लागि ९१ रनको साझेदारी गर्दै जित सुनिश्चित गरेका हुन्। वेस्टइन्डिजका लागि पहिलो र एक मात्र विकेटको रुपमा ओपनर ब्रान्डन किंगको विकेट गयो । उनले १७ बलमा ४ चौकासहित २२ रन बनाए । नेपालका लागि एक मात्र विकेट नन्दन यादवले लिए । त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको नेपालको लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५८ रन बनाए। उनले ४७ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । सातौं विकेटको लागि उनले सोमपाल कामीसँग ५४ रनको साझेदारी गरेका थिए । नेपालले पहिलो विकेटको रुपमा ओपनर कुशल भुर्तेल १ रनमा पहिलो ओभरमै अकेल होसेनको बलमा बोल्ड भए ।

दोस्रो विकेटको रुपमा कप्तान रोहित कुमार पौडेल म्याथ्यू फोर्डेको बलमा एलबीडब्ल्यू भए । उनी ५ रनमै पेभेलियन फर्किए । चौथो ओभरमा रोहितको विकेटसहित फोर्डेले विकेट मेडन ओभर फाले । तेस्रो विकेट ओपनर आसिफ शेख क्याच भए। आसिफले भने २ चौकासहति १० बलमा ११ रन बनाएका थिए । पावरप्लेमा ३ विकेट गुमाउँदै २२ रन बनाएको थियो । १० ओभरमा ४ ओभरको क्षतीमा ४२ रन बनाएको थियो । ११.२ ओभरमा दिपेन्द्र सिंह ऐरीले गुडकेश मोतीलाई छक्का प्रहार गर्दै नेपालको ५० रन पूरा गरेका थिए । पाँचौं विकेट लोकेश बमको गयो ।

उनले १३ रन बनाएर विकेटकिपरको हातमा क्याच भए । त्यसपछि गुल्सन झा र दिपेन्द्र सिंह ऐरीले छैटौं विकेटको लागि २७ रनको सानो साझेदारी बनाए । १७।४ ओभरमा ६ विकेटको क्षतीमा १०० रन पूरा गरेका हुन्।

१८ औं ओभरमा सोमपाल कामीले ३ वटा लगातार चौकासहित १६ रन बनाए । सातौं विकेटको रुपमा दिपेन्द्र सिंह ऐरी क्याच भए । सोमपाल कामी २६ रनमा अविजित रहे। आठौं विकेटको रुपमा करण केसी अन्तिम बलमा क्याच भए । वेस्ट इन्डिजका लागि बलिङ तर्फ ज्यासन होल्डरले सर्वाधिक ४ विकेट लिए। अकेल होसेन, म्याथ्यू फोर्डे, शमर जोसेफ र रोस्टन चेजले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाललाई पराजित गर्दै वेस्ट इन्डिज क्रिकेट टोली ‘सुपर एट’ मा

उनेपाको प्रतिबद्धतापत्र : स्थानीय निर्वाचन दलविहीन, ट्रेड युनियन खारेज, मुख्यमन्त्री प्रत्यक्ष निर्वाचित (पूर्णपाठ)

सम्बन्धित

टी–२० विश्वकप क्रिकेट : नेपालले आज वेस्ट इन्डिजसँग खेल्दै

टी–२० विश्वकप क्रिकेटमा अमेरिकाले नेदरल्यान्ड्सलाई र युएईले क्यानडालाई हरायो

टस इटालीको पक्षमा, वानखेडेमा पहिले ब्याटिङ गर्दै नेपाल

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग खेल्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com