काठमाडौं, २२ चैत्र । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले प्रदेशले बागमती प्रदेशलाई १६३ रनले हराएको छ ।सुदूरपश्चिमले दिएको २१० रनको लक्ष्य पछ्याएको बागमतीले ११ ओभर २ बलमा ४६ रन बनाउँदा सबै विकेट गुमायो । बागमतीका शुभ कंसाकरले ३२ रन बनाए ।
सुदूरपश्चिमका हेमन्त धामीले ७ र शेर मल्लले ३ विकेट लिए ।यसअघि जनकपुरमा टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिमले ४२ ओभर १ बलमा सबै विकेट गुमाएर २०९ रन बनायो । सुदूरपश्चिमका नारायण जोशीले ७५, दीपक बोहराले ४०, अभिषेक पालले ३९ रन बनाए । बागमतीका कप्तान सन्दीप लामिछाने र प्रतिस जिसीले ४र४ विकेट लिए ।योसँगै सुदूरपश्चिम ६ खेलमा ५ जीतसहित १० अङ्क जोडेर तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बागमती ६ खेलमा ४ अङ्कसहित आठौँ स्थानमा छ ।








प्रतिक्रिया दिनुहोस्