काठमाडौं, २२ माघ । पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका हिमाली भूभागमा बादल लागेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज दिउँसो तराईका केही ठाउँमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । पहाडी र हिमाली क्षेत्रको मौसम भने सामान्यतया सफा रहने अनुमान छ ।आज राति पनि तराईका केही भागमा कुहिरो लाग्ने सम्भावना रहेको छ । हिमपात र हुस्सुका कारण दैनिक जनजीवनमा असर पर्न सक्ने भएकाले महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।
विशेषगरी बिहान र राति तराईमा यात्रा गर्दा गति कम गरेर गाडी चलाउन र आवश्यक सुरक्षा उपाय अपनाउन महाशाखाको सुझाव छ ।








प्रतिक्रिया दिनुहोस्