काठमाडौं, १६ माघ । सिरहा सदरमुकाम नजिकै हुलाकी राजमार्गको छेउमा खेतमा कम गरिरहेका एक युवकको गोली प्रहारबाट मृत्यु भएको छ।
सदरमुकामदेखि डेढ किलोमिटर दुरीमा रहेको आफ्नो खेतमा गएको बेला शुक्रबार दिउँसो सिरहा नगरपालिका–१ का ४० वर्षीय प्रेमनाथ यादवमाथि अपरिचित व्यक्तिले गोली प्रहार गरेको हो। यादवको छातीमा गोली लागेको प्रहरीले जनाएको छ।यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। घटनास्थलमा प्रहरी पुगेको र अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।मृतक यादव खेती किसानी गर्दै आएका थिए। हत्याको कारण खुल्न बाँकी रहेको र अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता रमेशबहादुर पालले बताए।








प्रतिक्रिया दिनुहोस्