काठमाडौं, १६ माघ । सुदुरपश्चिम भ्रमणमा रहेका रास्वपाका बरिष्ठ नेता बालेन्द्र साहसँगै गएका पत्रकार दिनेश सिटौला अचानक बेहोश भएपछि काठमाडौं पठाइएको छ । उनलाई लिएर नेपाली सेनाको जहाज भर्खरै काठमाडौं उडेको हो ।बालेनको टिम अछामको मंगलसेन जाँदै गर्दा बाटोमा चिया खान आज बिहान ९स्३० बजेतिर गाडी रोकिएको थियो । यो स्थानमा अछामका रास्वपा उम्मेदवार भुपदेव शाहको घर नजिकै रहेको छ । गाडीबाट ओर्लिन लाग्दा अचानक बेहोस भएर ढलेपछि उनलाई अछाम जिल्ला अस्पताल लगियो । तर, चिकित्सकहरुले अवस्था क्रिटिकल भएको भन्दै काठमाडौं लैजान सुझाएका थिए ।अछामबाट सेनाको हेलिकोप्टरमा राखेर सुर्खेत पुर्याइयो । सुर्खेतमा सेनाको जहाजबाट काठमाडौं ल्याइएको हो ।








प्रतिक्रिया दिनुहोस्