ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खडेरीका कारण लाखौँ सोमालियाली विस्थापित


admin

सोमालिया, १८ साउन । सोमालियामा खडेरीका कारण विस्थापित वन्ने सोमालियाली नागरिकको सङ्ख्या सात लाख ६६ हजार ४६७ पुगेको मङ्गलबार संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने संस्था (ओसिएचए) ले आफ्नो पछिल्लो प्रतिवेदनमा भनेको छ, “ विस्थापितमध्ये सबैभन्दा धेरै सोमालियाली नागरिक अर्थात् एक लाख ७७ हजार व्यक्तिलाई बायोडोआस्थित विभिन्न बस्तीहरूमा राखिएको छ भने एक लाख ६१ हजार मानिस मोगादिशुका विभिन्न वस्तीमा शरण लिइरहेका छन् ।

विस्थापित नागरिकलाई वास र गैर खाद्यान्न सामग्रीको आवश्यकता परेको छ । लगातार विस्थापित जनसङ्ख्यालाई खाद्यान्न तथा पोषणजन्य सामग्रीको आवश्यकता रहेको पनि ओसिएचएको सोमबार सार्वजनिक प्रतिवेदनमा जनाइएको छ ।

विस्थापितमध्ये बेबाट एक लाख ९७ हजार, लोअर साबेलेबाट एक लाख ३९ हजार, मुदुगबाट एक लाख र सुल क्षेत्रबाट ६० हजार नागरिक रहेको उनीहरू खडेरीबाट नराम्ररी प्रभावित बनेका राष्ट्रसङ्घको ठहर छ ।

त्यसैगरी झण्डै एघार लाख नागरिक विस्थापित हुने अवस्थामा रहेका पनि बताइएको छ ।

विस्थापित बनेर ठूलो सङ्ख्यामा राष्ट्रसङ्घको शिविरमा पुगेका नागरिकलाई खानेपानी, औषधि, खाद्यान्न, लुगाफाटो र चर्पीजस्ता सामान्य आवश्यकतालाई पनि पुरा गर्न धौ धौ पर्ने गरेको पनि देखिएको राष्ट्रसङ्घका प्रतिनिधिले बताएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै

सशस्त्र प्रहरी र भारतको एसएसबीबीचको समन्वयात्मक बैठक सम्पन्न

सम्बन्धित

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

अफगानिस्तानले गर्‍यो पाकिस्तानमा आक्रमण, १२ सैनिक मारिएको तालिबानको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com