ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीलाई दूतावासको चेतावनी– ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्ध हुन्छ


एबीसी न्यूज
माघ १६, २०८२ शुक्रबार  ९ : २३ बजे

काठमाडौं, १६ माघ । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ। अमेरिकी कानूनको पालनामा सचेत नभए भिसा र ग्रिनकार्ड नै रद्ध हुनसक्ने चेतावनीसमेत दूतावासले दिएको छ।

एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेस गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियत नलिन समेत अपिल गरेको छ। दूतावासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसामा कडाइ गर्ने विषयमा अगाडि सारेको नीतिको पालनामा सचेत बन्न अनुरोध गरेको हो ।

दूतावासले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सरकारले आफ्ना नागरिकका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा वा सहायतामाथि निर्भर भए गरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्दसमेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट प्राप्त भएको छ।”विज्ञप्तिमा दूतावासले अमेरिका आएका नेपालीमध्ये सन् २०२४ मात्र नेपाली नागरिक अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकाले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको स्मरण गराइएको छ।

विज्ञप्तिमा विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकले यहाँ रहँदा गैरकानुनी तवरले वा गलत सूचना वा विवरण पेस गरी सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा÷सहायतामाथि निर्भर नहुनरनगराउनुहुन हार्दिक दूतावासले अनुरोध गरेको छ।दूतावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनको लागि प्राप्त हुने ‘बी १’, ‘बी २’ भिसाको दुरूपयोग नगर्नु हुन पनि अनुरोध गरेको छ। पछिल्ला दिनमा अमेरिकी सरकारले विभिन्न प्रयोजनका भिसामा कठिन प्रावधान समावेश गर्दै गएको छ।

संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकका लागि जरूरी सूचना जस्ताको तस्तै

अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेको कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेश गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनैपनि सुविधा वा सहायता माथि निर्भर भए गरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्ध समेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट ‍प्राप्त भएको छ । विभिन्न प्रयोजनमा अमेरिका गएका नेपालीहरूमध्ये सन् २०२४ मा गएकाहरूको तथ्याङ्कले मात्रै पनि नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकोले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको छ।

यसै गरी बी१रबी२ भिसामा अमेरिका गएका नेपालीहरू अमेरिकामा ओभरस्टे गरेको र रोजगारी लगायत तोकिएको भन्दा फरक काममा संलग्न भएको पाइएको आधारमा अमेरिकी सरकारले २१ जनवरी द्दण्द्दट देखि लागू हुने गरी बी१रबी२ भिसा आवेदनमा अमेरिकी डलर ५००० देखी १५००० सम्म धरौटी ९ख्ष्कब द्ययलम० राख्‍नुपर्ने प्रावधान लागू गरेको छ।

यस्ता कार्यले नेपालप्रति अमेरिकी सरकारको भिसा नीति थप प्रभावित हुनसक्ने हुँदा भविष्यमा अमेरिका जान चाहने नेपाली नागरिकलाई अमेरिकी भिसा प्राप्ति अझ कठीन हुन जाने र मुलुकको प्रतिष्ठामा गम्भीर नकारात्मक असर पर्न जान्छ।

अतः विभिन्न उदेश्यले संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपाली नागरिकहरूले संयुक्त राज्य अमेरिकामा रहँदा गैरकानूनी तवरले वा गलत सूचना वा विवरण पेश गरी सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनै पनि सुविधारसहायता माथि निर्भर नहुनरनगराउनुहुन, साथै बी, र बी २ भिसाको दुरुपयोग नगर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

सम्बन्धित

अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की

आज शहीद दिवस

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

राष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

एमालेले घोषणापत्र बनाउँदै, विज्ञसँग गर्‍यो छलफल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com