काठमाडौँ, १५ माघ । नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको घोषणापत्रका विषयमा विज्ञसँग सुझाव लिएको छ ।बिहीबार पार्टी कार्यालय च्यासलमा विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफल गरिएको एमाले प्रचार विभाग प्रमुख मीनबहादुर शाहीले जानकारी दिए ।छलफलमा अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत् नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरी घोषणापत्रको तयारी गरिरहेको जानकारी गराए ।सरकारले अहिलेसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको जिकिर ओलीको छ । उनले राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानका विषयमा आत्मसमर्पण स्वीकार्य नहुनेमा जोड दिए । शाहीका अनुसार एमालेले व्यावहारिक र पाँचवर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्न सक्ने गरी कार्यक्रमहरू समेटेर घोषणापत्र ल्याउने तयारी गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्