ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौँको सुरुवाती न्यूनतम तापक्रमः ४ डिग्रीबाट एकैचोटि ८ भन्दा माथि उक्लियो


एबीसी न्यूज
माघ १४, २०८२ बुधबार  ८ : १९ बजे

काठमाडौं, १४ माघ । काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट एकैचोटि ८ डिग्री सेल्सियसभन्दा माथि उक्लिएको छ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार आज ९बुधबार० बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम ८‍।५ डिग्री सेल्सियसमा उक्लिएको हो। हिजो (मंगलबार) यो बेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.० डिग्री सेल्सियस थियो। यद्यपि पछि आधिकारिक मापनमा बिहान ८:४५ बजे अझ घटेर मंगलबार काठमाडौँको न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस कायम भएको थियो।

आजको आधिकारिक न्यूनतम तापक्रम पनि अहिले बिहान ८स्४५ बजे मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिले बिहान देखिएभन्दा केही घट्ने सम्भावना हुन्छ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रम बढ्नुको अर्थ बिहान चिसो कम हुनु हो। राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ। राति मौसम बदली (बादल) भएकाले आज काठमाडौँको न्यूनतम तापक्रम घटेको मौसमविद्ले बताएका छन्। यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ। मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ। न्यूनतम तापक्रम बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन गरिन्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

युक्रेन युद्धमा २० लाख सेना मारिएको एक अध्ययनको अनुमान

सम्बन्धित

मधेशका ३२ सिट : पुराना दलको बर्चस्व कि नयाँको उदय?

यातायातका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा

आमाछोराकै हत्या, अरु ३ जना घाइते

चन्द्रमामा ‘विश्वकै पहिलो होटल’ : २१ वर्षीय युवकको महत्वाकांक्षा, $२.५ लाख डिपोजिटबाट सुरु भयो बुकिङ !

समानुपातिक मतदानका लागि २ करोड ८ लाख मतपत्र छापियो

निर्वाचन तयारी , खाता खोल्ने प्रबन्ध मिलाउन राष्ट्र बैंकको निर्देशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com