काठमडाौं । पर्यटक उद्दार गर्न गएको हेलिकप्टर सोलुखुम्बुको लाबुचेमा दुर्घटना भएको छ ।
बुधबार बिहान अल्टिच्युड एयरको ९एन–एमएस हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
हेलिकप्टर अवतरणका क्रममा हिउँमा चिप्लिएको हो।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरका अनुसार बिहान ७ः५० बजे खुम्बु पासाङल्हामु गाउँपालिका ५ लोबुचेमा दुर्घटना भएको हो।
उक्त हेलिकप्टर यात्रु लिन जाँदा ल्यान्ड गर्ने क्रममा हेलिप्याडमा चिप्लिएको हो।
डीएसपी कुँवरले भने, ‘यात्रु थिएनन् । हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा चिप्लिएको हो। पाइलट विवेक खड्का सकुशल हुनुहुन्छ। उहाँ अर्को हेलिकप्टरबाट लुक्ला फर्किसक्नुभएको छ ।’








प्रतिक्रिया दिनुहोस्