ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहमा कर्मचारी खटाइएकोमा केन्द्रीय सरकारप्रति विरोध


admin

काठमाडौँ, २३ चैत । केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी समायोजन गर्न लागेकामा ट्रेड युनियन संयुक्त समन्वय समितिले विरोध जनाएका छन् ।

समितिले यहाँ आज पत्रकार सम्मेलन गरी स्थानीय तहलाई संविधानले दिएको अधिकारमाथि केन्द्र सरकारले हस्तक्षेप गर्न नहुने जनाएको छ । स्थानीय तह कर्मचारी संघका केन्द्रीय अध्यक्ष हरिकुमार श्रेष्ठले स्थानीय सरकारले नमागीकनै केन्द्रीय सरकारले स्थानीय तहमा कर्मचारी पठाउने अधिकार नभएको जनाउँदै सरकारको निर्णय संविधानको मर्मविपरीत छ भन्नुभयो ।

स्थानीय तहको अधिकारलाई केन्द्रीकृत गरी सरकारले कानूनको अवज्ञा गरेको आरोप श्रेष्ठले लगाउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी समायोजन गर्दा स्थानीय तहमा कार्यरत कर्मचारीलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गरिनुपर्छ ।”

काठमाडौँ महानगरपालिकामा हाल १५२ स्थायी कर्मचारी छन् । सरकारले कामपाका लागि ३६५ निजामती कर्मचारी खटाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यही चैत १३ गते स्थानीय तहमा तत्काल आवश्यक पर्ने कर्मचारी दरबन्दी ५७ हजार कायम गर्दै निजामती सेवालगायत अन्य सेवाबाट स्थानीय तहमा खटाइने भनी मन्त्रिपरिषद्ले निर्णय गरेपछि स्थानीय तह कर्मचारी संघले असन्तुष्टि जनाएको हो ।

समायोजन ऐनमा राष्ट्रसेवक कर्मचारीको परिभाषाभित्र साविकका स्थानीय निकायका कर्मचारीलाई समेट्न नसक्नु कर्मचारीप्रतिको अवमूल्यन भएको आरोप पनि लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लगानी बोर्ड बैठक : पश्चिम सेतीको समझदारीपत्र स्वीकृत

काठमाडौं, २३ साउन ।  सरकारले बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत् आयोजना र सेती नदी–६ आयोजनाको थप अध्ययनका लागि भारतीय कम्पनी एनएचपिसीसँग गरिने समझदारीपत्र स्वीकृत गरेको छ

राष्ट्रपति भण्डारीद्वारा पशुपतिनाथ मन्दिरमा दर्शन

काठमाडौं, २३ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी साउनको सोमबारका अवसरमा आज साँझ पशुपतिनाथ मन्दिर जानुभई दर्शन गरी बेलुकीको आरतीमा सहभागी हुनुभएको छ । मूल मन्दिरभित्र

आगामी निर्वाचनमा एमालेले बहुमत ल्याएर देखाउँछ : अध्यक्ष ओली

रौतहट, २३ साउन । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार विकास विरोधी भएको आरोप लगाएका छन् । नेकपा एमाले रौतहटले सदरमुकाम

सम्बन्धित

थप ९ सय ३४ जनामा कोरोना पुष्टि, ४ सय ७० जना निको

न्यायधिवक्ता अधिकारीमाथि उजुरी

विप्लवका ‘बहुमत विद्रोही’र मोहन वैद्यको क्रान्तिकारी माओवादीबीच एकता

कुकुर मारेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ

लैनचौरबाट चिनियाँ नागरिकको अपहरण, डेढ करोड फिरौती माग

अमेरिकी सरकारी पाठ्यक्रममा डा. विष्णुमाया परियार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com