ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओमानलाई पराजित गर्दै नेपाल टी–२० विश्वकप छनोटको उपाधि नजिक


एबीसी न्यूज


काठमाडौं, ३० असोज । नेपालले टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा बुधबार ओमानलाई ३८ रनले पराजित गरेको छ।

१ सय ५२ रनको लक्ष्य पछ्याएको घरेलु टोली ओमानले मस्कटको अल एमेरेट क्रिकेट मैदानमा ९ विकेट गुमाई १ सय १३ रनमात्र बनाउन सक्यो।

सुपर सिक्समा नेपालको यो लगातार तेस्रो जित हो। ओमानले प्रतियोगितामा पहिलो पराजय भोगेको हो। नेपालको अब ८ अंक पुगेको छ भने ओमानको ६ अंक छ। नेपालले शुक्रबार हुने अन्तिम खेलमा सामाओलाई पराजित गरे प्रतियोगिता नै जित्नेछ।

दिनको खेलको दुई नतिजा आफूअनुकूल आएपछि नेपाल र ओमान मैदानमा उत्रिनुअगाडि नै विश्वकपमा पुगेका थिए। नेपालको हकमा यो लगातार दोस्रो र कुल तेस्रो विश्वकप प्रवेश हो। बुधबारको पहिलो २ खेलमा कतारले जापानलाई ३ विकेटले र यूएईले सामाओलाई ७७ रनले पराजित गरेका थिए।

सोमपाल कामीले ओमानका कप्तान जतिन्दर सिंहलाई तेस्रो ओभरमै आउट गरी नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। २ छक्का प्रहार गरेका जतिन्दरले ११ बलमा १४ रन बनाए। अर्को ओभरमा नन्दन यादवले अर्का ओपनर हमाद मिर्जालाई ४ रनमा आउट गरे।

अमिर कलिमलाई दीपेन्द्रसिंह ऐरीले सिधा थ्रोमा १ रनमा रनआउट गरे। दीपेन्द्रले लगातार पाँचौं खेलमा सिधा थ्रोमा रनआउट गरे। आर्यन विष्टले २४ बलमा११ रन बनाए।

त्यसपछि गुलशन झाले मोहम्मद नदिम र जितेन रामानन्दीलाई लगातार बलमा शून्यमा आउट गरे। मोहम्मद नदिमले ३१ बल खेली १ छक्का प्रहार गर्दै २५ रन बनाए। विनायक शुक्लाले ओमानबाट सर्वाधिक ३२ रन बनाए।

ओमानलाई सस्तैमा समेट्न नेपाली बलर गुलशन झाले ४ ओभरमा ३१ रन खर्चेर ३ विकेट लिए। नन्दन यादवले ४ ओभरमा १९ र सोमपालले ४ ओभरमा २५ रन खर्चेर २–२ विकेट लिए। सन्दीपका नाममा १ विकेट रह्यो।

यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो। प्रतियोगितामा नेपालले पहिलो पटक १ सय ५० रनमाथिको स्कोर बनाएको हो।

कुशल भूर्तेल र आसिफ शेखले सानदार सुरुआत दिलाए पनि नेपालको मध्यक्रमको ब्याटिङले पुनः निराश बनाउन पुग्यो। यी दुईले ८ ओभरभित्र ६१ रन जोडेका थिए। आसिफ २० बल खेली २ चौका र १ छक्का प्रहार गरी २४ रन बनाई नदिम खानको बलमा बोल्ड भए।

नदिमले कप्तान रोहित पौडेललाई १ रनमा राउन्ड द लेगमा बोल्ड गरे। नदिमले उत्कृष्ट बलिङ गर्दै नेपालको माथिल्लो क्रमका चार विकेट लिने क्रममा दीपेन्द्रलाई २ र कुशल मल्ललाई ७ रनमा आउट गरे। यस प्रतियोगितामा पूर्ण असफल रहेका मल्लले आफ्नो इनिङ्सका क्रममा टी––२० अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गरेका थिए।

आदिल आलम अन्सारीले १५ बल खेली ३ चौका प्रहार गरी १६ रन बनाए। भूर्तेलले ५१ बलमा ६९ रन बनाए। १८ औं ओभरमा एलबीडब्लू आउट भएका भूर्तेलले ७ चौका र १ छक्का प्रहार गरे।

१९ औं ओभरमा लगातार २ छक्का प्रहार गरेका गुलशन झाले १० बलमा १८ रन बनाए। इनिङ्सको अन्तिम बलमा रनआउट भएका नन्दनले ४ बलमा ९ रन बनाए भने सोमपाल १ रनमा अविजित रहे।

ओमानका बाँयाहाते स्पिनर नदिमले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए। सुफियानले ४ ओभरमा २९ र रामानन्दीले ४ ओभरमा २६ रन खर्चेर २–२ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com