ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनोट : सुपर–६ को पहिलो खेलमा यूएईविरुद्ध उत्रँदै नेपाल


एबीसी न्यूज
आश्विन २६, २०८२ आईतबार  ७ : २० बजे

काठमाडौं, २६ असोज । आईसीसी विश्वकप एयिसा–प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ मा नेपालले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ । ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो । नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो । नेपालले दोस्रो खेलमा जापानविरुद्ध पाँच विकेटको जित निकालेको थियो । यूएईविरुद्ध प्रतिस्पर्धामा उत्रँदा नेपाल लगातार तेस्रो जितको खोजीमा हुनेछ ।

यूएई पनि समूह चरणका दुवै खेलमा जितसहित सुपर–६ मा आएको हो । समूह ‘ए’मा यूएईले कतारलाई सात विकेटले हराएको थियो । यूएईले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको थियो ।

नेपालले सुपर–६ मा रहेका पाँचमध्ये चार टिमसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले प्रतिस्पर्धा गर्ने टिममा यूएईसँगै कतार, ओमान र समाओ छन् । नेपालले आफ्नै समूहबाट सुपर–६ मा आएको जापानविरुद्ध भने प्रतिस्पर्धा गर्ने छैन । सुपर–६ मा नेपालले यी चार टिमविरुद्ध ‘डबल राउन्ड रोबिन’ पद्धतिअनुसार प्रतिस्पर्धा गर्नेछ ।

तीन टिमले विश्वकपमा स्थान बनाउने
विश्वकपको यो छनोट प्रतियोगितामा एसिया र प्यासिफिक क्षेत्रका कुल नौ टिमको सहभागिता थियो । यसबाट तीन टिमले मात्र आउँदो वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

नौलाई प्रत्येकमा तीन टिम रहने गरी तीन समूहमा विभाजन गरिएको थियो । त्यहाँबाट प्रत्येक समूहका शीर्ष दुई टिम सुपर–६ मा छनोट भएका हुन् । सुपर–६ को शीर्ष तीनमा रहने टिमले विश्वकपमा स्थान बनाउनेछन् ।

छनोटअघि नेपालले तयारीस्वरूप टेस्ट राष्ट्र तथा दुईपटकको ट्वान्टी–२० विश्वकप विजेता वेस्ट इन्डिजसँग तीन खेलको शृंखला खेलेको थियो । यूएईमा भएको उक्त शृंखलामा नेपालले २–१ को ऐतिहासिक जित निकालेको थियो ।

ओमानमै भएको छनोटअघिको अभ्यास खेलमा नेपालले शतप्रतिशत जित निकालेको थियो । अभ्यास खेलमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले कतारविरुद्ध १६ रनको जित निकालेको थियो ।

नेपाली क्रिकेट टिमले हालसम्म दुईपटक मात्र ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको छ । नेपालले पहिलोपटक सन् २०१४ मा बंगलादेशमा आयोजित विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । त्यति बेला नेपाली टिम नेपाल क्रिकेट संघ ९क्यान०का हालका सचिव पारस खड्काको कप्तानीमा प्रतिस्पर्धामा उत्रिएको थियो ।

त्यसपछि नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजित ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो । विश्वकपको यो संस्करणमा नेपाली टिमको नेतृत्व रोहित पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले अहँकार देखायो ः नेकपा सांसद, शर्मा , भिडियो

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

सम्बन्धित

रवि लामिछाने संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दाबाट उन्मुक्त भएका छैनन् ? यस्तो छ कारण

अध्यादेशपछि पदमुक्त गरिएकैलाई फेरि निमित्त जिम्मेवारी, कानुनी प्रक्रियामाथि प्रश्न

शुल्क र गुणस्तर विवादबीच विदेशी कलेजमाथि कडाइको तयारी

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

भारत भ्रमणमा रवि लामिछाने, राजनीतिक यात्रा कि रणनीतिक संकेत

ह्वाइट हाउस नजिकै गोली चल्यो, एक संदिग्ध प्रहरीको जवाफी कारबाहीमा मारिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com