ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशी कपडा प्रमुख प्रतिस्पर्धी, समस्यामा नेपाली कपडा उद्योग


admin
चैत्र २२, २०७४ बिहीबार  ४ : ०१ बजे

ललितपुर, २२ चैत । कपडा उद्योगकै कारण केही वर्ष पहिलेसम्म ‘मिनि जापान’ भनिने लुभू र आसपासका उद्योग अहिले विदेशबाट आयात भएका कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा समस्यामा परेका छन् ।

बंगलादेश र भारतबाट आयात हुने कपडासँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कपडा उद्योग ओझेलमा परेकोे हो । ललितपुर उद्योग वाणिज्य संघ, क्षेत्र नम्बर–२ अध्यक्ष जुजुकाजी महर्जन भन्सार शुल्क बढी तिर्नुपर्ने, दक्ष जनशक्ति नपाइने र महँगो ज्यालाका कारण नेपाली कपडालाई विदेशीसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बताउनुहुन्छ ।

“सरकार र आम नागरिकले नेपाली कपडा प्रवद्र्धन गर्न सक्छन् । ” उहाँ भन्नुहुन्छ, “दुई÷चार रुपैयाँ महँगो परे पनि स्वदेशी सामान नै प्रयोग गर्छु भन्ने सोच्न आवश्यक छ ।”

अघिल्लो वर्षसम्म यी उद्योगले विद्युत् भार कटौतीको समस्या भोग्दै आएका थिए । त्यतिबेला समयमा कपडा दिन नसक्दा ठमेल आसपासका धेरै व्यापारीले अहिले यहाँबाट उत्पादित कपडा लिन छाडिसकेका छन् । उहाँ भन्नुहुन्छ, “त्यतिबेला व्यापारीलाई हामीले समयमा दिन कपडा सक्दैनौँ भन्ने सोच थियो, अहिलेसम्म पनि त्यसमा परिवर्तन आएको छैन ।”

नगर क्षेत्रमा उद्योग सञ्चालनका लागि हुने कठिनाइसँगै दक्ष जनशक्तिको अभाव यी उद्योगले भोग्दै आएका छन् । ‘औद्योगिक ग्राम’ बन्दा धेरै खालका समस्या समाधान हुने उहाँको भनाइ छ ।

कपडाको व्यवसाय यस क्षेत्रमा पुख्र्यौली पेशा बनिरहेको छ । सन् १९९५ मा जापानी नागरिकले यस क्षेत्रमा कपडा बुन्न सिकाएका थिए । लुभू, बाँडेगाउँलगायतका क्षेत्रमा झण्डै १८० जना कपडा उद्योगमा संलग्न छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

सुनको भाउ आज तोलामा १४ हजार ४०० रुपैयाँले बढ्यो

व्यवसायीहरुको एउटै स्वरः निर्वाचनपछि स्थिर सरकार र देशलाई आर्थिक रूपान्तरण आवश्यक

सुनको मूल्य १३ हजार ४०० रुपैयाँले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com