काठमाडौं, १९ असोज । टी–२० विश्वकप छनोटको लागि ओमानमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले हराएको छ ।
पहिला ब्याटीङ गरेको ओमान ११० रनमा समेटिएको थियो। नेपालले १११ रनको लक्ष्य ४ विकेट गुमाएर १७ ओभरमै पुरा गरेको हो। नेपालका लागि ओपनर आरिफ सेखले अर्धसतक प्रहार गरेका थिए।
बलिङतर्फ दीपेन्द्रसिंह ऐरीले ३ तथा सन्दीप लामिछाने र सोमबार कामीले २्२ विकेट लिए।
ओमानमा अर्को अभ्यास खेल नेपालले सोमबार कतारसँग खेल्नेछ। ८ अक्टोबरदेखि छनोट खेल सुरु हुदैछ । तीन समुहमा नौ वटा टोलीबिच विश्वकपका लागि प्रतिस्पर्धा हुँदैछ। नेपालको समूहमा जापान र कुवेत छन्।
हरेक समूहबाट दुई उत्कृष्ट टोली सुपर सिक्समा पुग्नेछन् भने सुपर सिक्समा पनि उत्कृष्ट हुने तीन टोलीले विश्वकपमा आफ्नो स्थान बनाउनेछन्।






प्रतिक्रिया दिनुहोस्