ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चारगृहमाथि भएको तोडफोड र आगजनी प्रति मिडिया सोसाइटीको निन्दा


abc news
भाद्र ३१, २०८२ मंगलबार   ८ : २८   बजे

काठमाडौ ३० भदौ । नेपाल मिडिया सोसाइटीले यही भदौ २३ र २४ गते जेन–जी आन्दोलनको क्रममा भएको सञ्चारगृहलगायत सार्वजनिक, निजी र विभिन्न क्षेत्रमा भएका आगजनी, तोडफोड लुटपाटका घटनाहरुप्रति निन्दा गरेको छ ।

मंगलबार नेपाल मिडिया सोसाइटीका अध्यक्ष मदन लम्सालद्वारा जारी विज्ञप्तिमा उक्त घटनामा स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धान गरि दोषीमाथि कारबाही गर्न जोडदार माग गरिएको छ ।

देशमा बढेको कुशासन र भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै युवापुस्ताको समूह जेन–जी ले २०८२ भदौ २३ गते आव्हान गरेको आन्दोलनमा अत्याधिक बल प्रयोगका कारण ज्यान गुमाउने सम्पूर्ण व्यक्तिहरूमा नेपाल मिडिया सोसाईटी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दछ । साथै प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाहरूको निन्दा गर्दै सञ्चारगृहमाथि भएको आक्रमणप्रति गहिरो दुःख व्यक्त गर्दछ । प्रदर्शनको मौका छोपेर अपरााधिक समूहले पत्रकार र सञ्चारकर्मीमाथि गरेको कुटपिट र सञ्चारगृहमा भएको तोडफोड तथा आगजनीप्रति नेपाल मिडिया सोसाइटी घोर भत्र्सना र निन्दा गर्दछ ।
नेपाल मिडिया सोसाईटीले पूर्ण प्रेस स्वतन्त्रता तथा नागरिको अभिव्यक्ति स्वतन्त्रताको सधै पैरवी गर्दै आएको छ । साथै निजी सम्पत्तिको संरक्षण गरिनु पर्ने संवैधानिक हक कोही कतैबाट अपहरण गरिनु हुँदैन भन्नेमा सोसाईटी दृढ छ । प्रदर्शनका क्रममा कान्तिपुर दैनिक,कान्तिपुर एफएम तथा कान्तिपुर टिभीको कार्यालय जलेर पूर्णरुपमा नष्ट भएको छ । त्यस्तै अन्नपूर्ण दैनिक र एपी वान टिभीको कार्यालयमा आगजनी गरिएको छ । साथै निजी र सार्वजनिक सम्पत्तिमाथि भएको तोडफोड र क्षतिको सासाइटीे निन्दा गर्दछ ।
प्रदर्शनका क्रममा सन्चारगृह, औद्योगिक प्रतिष्ठान, व्यक्तिका निजि निवास सार्वजनिक भवन तथा सञ्चारकर्मीमाथि गरिएका सबै प्रकारका आक्रमण तथा लुटपाटका घटनाहरूको स्वतन्त्र, निष्पक्ष र पारदर्शी अनुसन्धान गरि दोषीमाथि कारबाही गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल मिडिया सोसाईटी सरकार संग जोडदार माग गर्दछ ।


प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

सम्बन्धित

प्रधानमन्त्रीले अभिव्यक्ति नसच्याएसम्म विपक्षीले सदनको अवरोध जारी राख्ने

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने

विश्वकप २०२६ कहाँ हुनेछ उद्घाटन र कहाँ हुनेछ फाइनल ?

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनको शपथ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group