ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हर्क साम्पाङ पत्रकार सम्मेलनमै रोएः मन्त्रीको नाम दूतावासले तयार पार्दो रहेछ


एबीसी न्यूज
भाद्र ३१, २०८२ मंगलबार  ३ : १९ बजे

काठमाडौं ३१ भदौ । धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङ (राई) मङ्गलबार धरानमा पत्रकार सम्मेलन गर्दै पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलन र आफूले भोगेका अनुभव सुनाउँदा रुन पुगेका छन् ।

जेनजी आन्दोलनलाई सामान्य सामाजिक सञ्जालको लहर मात्र नभई वर्षौँदेखि बनेको ठूलो राजनीतिक डिजाइन भएको बताएका छन् । ‘प्रधानमन्त्री र मन्त्री को बन्ने भन्ने नाम त दूतावासमै तय रहेछ,’ साम्पाङले भने, ‘यो आन्दोलन सुशासन वा सोसल मिडियाकै लागि मात्रै नभएको पाएँ।’

साम्पाङले आफूले देशकै लागि जोखिम मोलेको भन्दै आफूलाई गोली लाग्न सक्छ भन्ने थाहा हुँदा हुँदै पनि लागे लागोस् भन्ने अवस्थामा आफू जेनजीको मागको आधारमा काठमाडौँ गएको बताए।

आन्दोलनको दिन २३ र २४ गते हर्क धरानमा थिए। २५ गते उनी बिहानै काठमाडौँ गएका थिए। उनले भने, ‘यो देश रह्यो भने मात्र हामी रहन्छौँ भन्ने भावनाले म जङ्गी अड्डासम्म पुगेको थिएँ।’

उनले आरोप लगाउँदै भने, ‘प्रधानमन्त्री बन्ने, मन्त्री बन्नेहरूको नाम त पहिले नै तयार रहेछ। दूतावास धाउनु पर्ने रहेछ, तर म गइनँ। त्यसैले मलाई क्याबिनेटमा राख्न सकिँदैन भन्ने निर्णय त्यहाँबाट आयो। मलाई दिएनन्।’

साम्पाङले आफू कुनै शक्तिकेन्द्रको गोटी नभएको स्पष्ट पारे। उनले भने, ‘विदेशीले रिमोटबाट चलाउने देश हुँदैन भनेको मान्छे म नै हुँ। बिकाउ भएर होइन, आँट गरेर देशको लागि हिँडेको मान्छे हुँ।’

साम्पाङका अनुसार जेनजी पुस्ताले देश बालेन शाह वा हर्क साम्पाङले चलाउनुपर्ने माग राखेका थिए। एउटा वृद्धलाई हटाएर अर्को वृद्धालाई ल्याएर देश सुम्पिएको भन्दै उनले देश चलाउने जिम्मा युवाले लिनुपर्ने आवाज आएको भए पनि त्यसको सुनुवाइ नै नभएको बताए ।

साम्पाङले अहिलेको व्यवस्थाले देशलाई विदेशी शक्तिकेन्द्रहरूको हातमा थुपारेको भन्दै समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिलाई विकल्पका रूपमा प्रस्तुत गरे।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

सम्बन्धित

राष्ट्रपति पौडेल आइतबार जापान जाने, मन्त्रिपरिषद्‌बाट भ्रमण स्वीकृत

एमालेले घोषणापत्र बनाउँदै, विज्ञसँग गर्‍यो छलफल

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

मकवानपुर–१ मा पटक–पटक चुनाव लडेका पुराना उम्मेदवारलाई नयाँ अनुहारको चुनौती

‘नेपाल–केन्द्रित यथार्थवाद’: गगन थापाको नयाँ डक्ट्रिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com