ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपतिलाई बाजे भनेका सुधन भन्छन्ः ‘माग पुरा नभए सरकार फेरि ढल्छ’ (भनाइजस्ताको तस्तै)


एबीसी न्यूज

काठमाडौं २९ भदौ । जेनजी आन्दोनलको व्यवस्थापन गरेको बताउने सुधन गुरुङले राष्ट्रपति कार्यालयमा आफूले सचिवलाई समेत थर्काइदिएको बताएका छन् । उनले राष्ट्रपति कार्यालयमा ९ घण्टा बस्दा विदेशी पानी खान्न भनेर बाहिर बाट मगाएर खाएको गर्वका साथ पत्रकार सम्मेलनमा सुनाएका छन् ।

रिपार्ट्स क्लवमा गरेको पत्रकार सम्मेलनमा गुरुङले वार्ताका लागि शीतल निवास जाँदाको अनुभव सुनाएका हुन् । उनले आफू चप्पल लगाएरै शीतलनिवास पुगेको भन्दै राष्ट्रपति कार्यालयका सचिवले सुट लगाएको देखेपछि अफूलाई रिस उठेको बताए ।सो पत्रकार सम्मेलनमा हुलहुज्जत भएको थियो।

गुरुङको भनाइ जस्ताको तस्तैः

मलाई वार्तामा एक्लै बोलायो । म त जान्न भनेँ । केही नगर्दा त यस्तो छ, म एक्लै गए कस्तो हुन्छ रु हाम्रो वकिल ओमप्रकाश सरलाई सोध्न सक्नुहुन्छ ।

मैले रमण कर्णलाई पनि लिएर गएँ । आर्मीले १ जनालाई पठाउने आदेश छ भन्यो । अहँ म त जान्न भनेपछि आर्मीले भित्र कुरा गरे । अनि उहाँलाई पनि छिर्न दिएँ ।

म त चप्पल लगाएर गएको थिएँ । त्यहाँ कुर्सीमा हामी ३ जना बसिरहेका थियौं । राष्ट्रपति आउनुहुन्छ भन्ने सोचेको, तर दुईजना कर्मचारी आए । एकजना ढाका टोपी र सुट लगाएका थिए । उनी सचिव रहेछन् । थुचुक्क पलेटीँ मारेर बस्नुभयो । रमणजी के छ रु भनेर सोध्नुभयो । म जुरुक्क उठेर भनेँ– के छ रे रु कसलाई भनेको रु ताल यही हो, सुट लगाएर बस्ने रु यसरी बोलाउने हो? लाज लाग्दैन रु

मैले कतिसम्म थर्काएको छु राष्ट्रपति निवासमा । म त लड्ने नै हो । म त मर्ने नै भनेको हो । जेसुकै भनोस । मलाई राष्ट्रपति, प्रधानमन्त्री थाहा छैन । देशको इज्जत फालेको मान्छेलाई सम्मान गरिँदैन । मैले उहाँलाई बाजे खोइ भनेँ । यही भनेँ । मलाई आउँदैन के हो प्रेजिडेन्ट । म त तपाईंहरुसित कुरा गर्दिनँ जानुस भनेँ । एकदम ठूलो सचिव रैछ । अहिलेको राष्ट्रपति लिएर आउनुस, अनि मात्रै वार्तामा बस्छु भनेँ ।

बिहानको ८ बजेदेखि ५ बजेसम्म बस्यौं । हामी जानेवित्तिकै पानी दिनुभयो । पानी अफर गरेपछि यहाँको पानी खान्न भनेँ । राष्ट्रपति निवासको पानी एक थोपा खान्न भनेँ । घाँटी सुक्या थियो । चिया खानुस भन्नुभयो । म त अशुद्ध हुन्छु खान्न भनेँ । उहाँहरु हाँस्नुभयो । पछि एकजना दाइलाई बाहिरबाट पानी ल्याउन लाएर खाएँ के । कसले खान्छ विदेशी पानी ? लाज सरम नभएको ।

हाम्रो फस्र्ट माग नै संसद विघटन थियो । राष्ट्रपतिसँग कुरा पुग्यो । आर्मीको चिफ आउनुभो । तपाईंले भनेकै हुने भयो, बधाइ छ भन्नुभयो । एकदम खुशी भएँ । जेनजी साथीहरुलाई हतार–हतार फोन गरेर को–को हुन्छ तिमीहरु आउ भनेँ ।

हाम्रो आन्दोलन अझै जारी छ । एक्लै भए पनि जारी छ । तँलाई साथ दिन्न भने पनि म त लड्ने वाला छु । म यस्तै हो । बानी यस्तै हो । जति जेसुकै भन्नु । इन्डियन, चाइनिज, चानचुङ जे भन्नुस आइ डन्ट केयर । फर मि माइ कन्ट्री इज एभोव एभ्रिथिङ । यत्रो बलिदान गरेका छन् हाम्रा भाइहरुले । ८० वर्षमा नभएको परिवर्तन हो । यो त हाम्रो सरकार हो । पब्लिकको सरकार हो । माग पुरा नभए सरकार फेरि ढल्छ ।

आजै प्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतले गत एक वर्षदेखि सुधन गुरुंगसँग आफ्नो भेट पनि नभएको भन्दै बारवारा फाउन्डेशनसँग हामी नेपाल नामक संस्थाको कुनै सम्वन्ध नरहेको स्पष्टीकरण दिएका छन् । हामी नेपाल नामक संस्थामा बारबारा फाउन्डेशनलाई सहयोगी भनिएको छ भने डा. रुइतलाई संस्थाको मेन्टरका रुपमा टिममा फोटो सहित राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

सम्बन्धित

६ वर्षमै सहमहामन्त्री बनेका कर्णबहादुर बुढादेखि तीन दशकको संघर्षपछि मुक्ताकुमारी यादवसम्म (८ जनाको प्रोफइलसहित)

महान्यायाधिवक्ताको कार्यालयको भूमिका: पहुँच र स्वार्थको छायाँमा फौजदारी न्याय प्रणालीको संकट

ओलीको कडा टिप्पणी: ‘रविको मुद्दा फिर्ता महान्यायाधिवक्ताको कार्यालयको इतिहासमा कलंक’

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com