ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजनीतिक वार्ता र संकटकालको तयारी सँगसँगै


एबीसी न्यूज

काठमाडौं २७ भदौ । जेन–जी आन्दोलनको मागअनुसार अन्तरिम सरकार बनाउने वार्ता जारी रहँदा संकटकाल लगाउने तयारी पनि भइरहेको छ । राष्ट्रपति र आन्दोलनकारी समूहबीच वार्ता टुंगो नलागेर तत्काल नयाँ सरकार गठन हुन नसकेमा संकटकाल लगाउने प्रस्ताव सेनाले प्रस्तुत गरेको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । संकटकाल टार्न छिटोभन्दा छिटो निष्कर्षमा पुग्न राष्ट्रपतिले अधिकतम प्रयास गरिरहेको शितलनिवासको दाबी छ । ‘जेन–जी प्रतिनिधिका सबैजसो मागसँग राष्ट्रपति सहमत हुनुभएको छ । अब संविधानको संरक्षण गर्ने दायित्व पूरा गर्न संविधानको धारा ६१ ९४० प्रयोग गरेर सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने, नयाँ मन्त्रिपरिषद्को सिफारिशमा नयाँ निर्वाचनको घोषणा गर्ने प्रस्ताव राष्ट्रपतिको छ । नयाँ निर्वाचन घोषणा भएपछि संसद् स्वतः भङ्ग हुने राष्ट्रपतिको भनाइ छ,’ शीतल निवासका एक अधिकारीले भने ।राष्ट्रपतिले यो प्रस्ताव राख्नुअघि प्रधानन्यायाधीश, सभामुख र राष्ट्रिय सभाका अध्यक्षसँग परामर्श गरेका थिए । त्यसरी गएमा संवैधानिक र कानुनी रूपमा चुनौती नहुने उनीहरूको सुझाव रहेको अधिकारीहरूले बताएका छन् । राष्ट्रपतिको प्रस्ताव राजनीतिक दल, सेना र कोर्टले मानेको छैन। तर संसद् विघटन

हामी नेपाल संस्थाका अध्यक्षसमेत रहेका जेन(जी अगुवा सुदन गुरुङले आफूहरू संसद् विघटनको अडानमा यथावत रहेको बताए । विघटन नगर्दा पुरानै नेतृत्व आउने खतरा रहेको उनको भनाइ छ । राष्ट्रपतिसँग आफूहरूले सिधा कुरा गर्न नपाएको उल्लेख गर्दै उनले भने, ुराष्ट्रपतिका सचिव र कानुनविद्सँग कुरा भयो । मैले उहाँहरूसँग मैले डिरेक्ट्ली कुरा गर्ने भनेको प्रेजिडेन्टसँग हो, बाँकी तपाईंहरूलाई चिन्दिनँ । प्रेजिडेन्टलाई लिएर आउनुस् भनेँ । म मेरो जेन(जी टिमबिना तपाईंहरूसँग वार्ता गर्दिनँ भनेँ ।ु त्यस्तै शुक्रबार अन्तरिम प्रधानमन्त्रीमा सिफारिस सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौडेलबीच कुराकानी नभएको पनि उनले बताए ।तर प्रधानमन्त्रीका रूपमा प्रस्तावित सुशीला कार्कीले भने जेन(जी आन्दोलनको जनादेशअनुसार संसद् विघटन नभएसम्म प्रधानमन्त्री नियुक्त नहुने अडान लिएकी छन् । ‘पहिले संसद् विघटन होस्, प्रधानमन्त्री नियुक्त गरियोस् । नयाँ सरकारले निर्वाचनको घोषणा गर्छ र सरकारले आफ्नो दायित्व पूरा गर्दै जान्छ, आन्दोलनको जनादेश यही हो भनेर उहाँहरुले अडान राख्नुभएको छ । यो बीचमा सहमति निकाल्ने प्रयास जारी छ,’ शीतल निवासको भनाइ छ ।उता सेनाले भने यस्तो अव्यवस्थामा लामो समय जान नसकिने भएकाले संकटकाल लगाउने विकल्प राष्ट्रपतिसमक्ष प्रस्तुत गरेको छ ।
‘सेनाले शान्ति सुरक्षको जिम्मा लिएको छ । तर सरकारविहीनताको अवस्था लम्बियो भने शान्ति सुरक्षा कायम गर्न सकिँदैन । त्यस्तो अवस्थामा संकटकाल लगाउनुपर्छ, राष्ट्रपतिज्यूले लेखेर दिनुपर्‍यो, आज साँझसम्म पनि सहमति नभएका पर्खन सकिँदैन भनेर सेनाले प्रस्ट भनेको छ,’ एक सैनिक अधिकारीले भने ।
मंगलबार केपी शर्मा ओलीले राजीनामा दिएलगत्तै राजनीतिक दलका नेताहरूले आफूहरू सरकारमा नजाने तर सरकार संसद्‍मा नजाने प्रस्ताव राखेका थिए । जसलाई आन्दोलनकारी समूहले सिधै अस्वीकार गरेको थियो । त्यसपछि कार्कीलाई संसद् सदस्य बनाएर प्रधानमन्त्री बनाउने विकल्पमा पनि बिहीबार रातभर छलफल भएको थियो । तर, अब पहिले संसद् विघटन गर्ने कि सरकारले निर्वाचन घोषणामार्फत संसद् विघटन गर्ने भन्ने विषय अहिले पेचिलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com