काठमाडौं, १८ माघ । सरकारले इरानमा भएका नेपालीलाई जतिसक्दो स्वदेश फर्किन भनेको छ । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ जारी गर्दै इरान जान तयारी गरिरहेकाले भ्रमण स्थगित गर्न भनेको हो ।‘पछिल्लो विकासक्रमलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नभइन्जेलसम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न हामी सल्लाह दिन्छौँ । हाल इरानमा रहेका नेपाली नागरिकलाई सकेसम्म छिटो इरान छोड्न सल्लाह दिन्छौँ’ परराष्ट्रले भनेको छ ।
सरकारले त्यहाँ रहेका नेपालीलाई आफ्ना महत्त्वपूर्ण डकुमेन्टहरू पासपोर्स्ट, परिचयपत्रलगायतहरू सहजै भेटिने स्थानमा राख्न पनि भनेको छ । परराष्ट्रले समन्वयका लागि नेपालस्थित दूतावास, कतारस्थित दूतावासँग सम्पर्कमा रहिरहन पनि भनेको छ ।
इरानमा नेपाली भएको तर, कति संख्यामा छन् भन्ने तथ्यांक छैन ।








प्रतिक्रिया दिनुहोस्