ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीले आफूसँगै सबै दललाई डुवाएर बाहिरिए


ABC News

काठमाडौं २४ भदौ ।एबीसी टिप्पणीः प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले पदबाट दिएको सचिवालयले जानकारी गराएको छ ।
ओलीले अन्तत एमाले, कांग्रेस सहित सवै दल र संसद र सिंहदरबारलाई समेत जलाउनुका साथै सवै पार्टी कार्यालयका भौतिक चिन्हहरुलाई समेत खरानी बनाएपछि बल्ल राजीनामा दिएका छन् । सोमबार दिउँसोदेखि मंगलबार अपरान्हसम्म ओली र नेपालको कालो इतिहास बनाएका छन् । यस्तो कलंकको टिका शायदै कोही शासकले लगाएको होस् ।

सोमबारबाट जारी जेनजीहरूको प्रदर्शन उग्र बनेपछि अन्ततः प्रधानमन्त्री ओली राजीनामा दिन बाध्य भएका हुन् ।

जेनजीहरूको प्रदर्शनका क्रममा सोमबार एकैदिन १९ जना युवाहरूले ज्यान गुमाएका थिए । मंगलबार बिहानैदेखि सडकमा युवाहरूले प्रदर्शन गरिरहेका छन् । मंगलबार थप एकजना प्रदर्शनकारीकाो उपचारका क्रमम निधन भएको छ । ओली प्रशासनले लगाएको कफ्र्यूृले ओलीकै राजीनामा गराउने बाहेक कुनै योगदान गर्न सकेन । बरु देशभर पार्टी कार्यालय र सरकार सम्पत्तिमाथिको आक्रमणलाई निम्त्यायो ।
ओलीको यहाँसम्मको यात्रा अन्तत गणतान्त्रिक प्रणाली नै सिध्याउने सुढेनीका रुपमा स्थापित हुने खतरा अझै टरिसकेको छैन । अब निर्वाचित निकायहरु निकम्मा बन्ने दुर्भाग्य निम्तियो भने देशी शक्तिहरुका हातमा राजनीतिक कमान नहुने निश्चित छ । युरोपेली इतिहासको निरोका रुपमा ओलीले आफूलाई दर्ज गराइरहँदा शेख हसिनाका अब्बल भ्राताका रुपमा समेत तुलनायोग्य बनाएर वल्र्ड रेकर्डमा नाम लेखाउन पाउने भएका छन् ।

ओलीले झनै भूराजनीतिक मामिलालाई यति नराम्रोसँग गिजोले । लाग्थ्यो, उनले कुनै पुतली नाचको अभिनय गरिहेका छन् ।
पछिल्लो निर्वाचनपछि ओलीले दल र विभिन्न पात्रहरुलाई जसरी सकुनीको पासाका रुपमा खेलाएका थिए, त्यसभन्दा दर्दनाक क्षणमा उनी आफूसँगै एमाले र बाँकी दलहरुलाई पनि निरिह बनाउने कृत्य गरेका छन् । सम्भ्वत नेपालको इतिहासको कुनै पनि क्षणले अब ओलीलाई माफ गर्ने छैन ।
सार्वभौम भनिएको संसदमा छुरा प्रहार गरेका ओलीले विद्या भण्डारीको राजनीति चिरहरण गर्ने हदसम्म गिरेका थिए । उत्कर्ष देशलाई नै आगोको ज्वालामा दन्काएर सकाएका छन् ।

सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरूले आज पनि प्रदर्शन जारी राखेका छन् । अहिले काठमाडौं लगायत देशका विभिन्न ठूला शहरहरूमा प्रदर्शन भइरहेको छ ।

शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् । यो अभियानलाई कसले कसरी रोक्ने हो ? कसैलाई थाह छैन ।

देशका मन्त्रीहरूलाई समेत अहिले नेपाली सेनाको हेलिकप्टरबाट अन्यत्र सारिएको छ । उनीहरु बन्दी हुन् कि सुरक्षित ढोका बनाइदिइएको हो थाहा छैन । हिजोसम्म सत्ताको चावी समातेर बुढानिलकण्ठमा वाइन पिइरहेका देउवा एकाविहानै निवासबाट भागेको घटनाबाट उनका ज्योतिषले पनि जोगाउन सकेनन्। प्रजातन्त्रसँग नसो जोडिएको भन्ने कांग्रेस समेत ओलीपथमा ओइलाएकै कारणले पनि यो दुरदशा आइलागको भन्नेमा कुनै दुविधा छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com