ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेनजीको प्रदर्शन उग्र भएको भन्दै काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु जारी, के के भयो?


ABC News

काठमाडौं २३ भदौ । बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । आज मध्यान्ह १२ बजेदेखि राति १० बजेसम्म लागू हुने गरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले कर्फ्यु आदेश जारी गरेका हुन् ।

प्रदर्शनमा जेन जी पुस्ताको नाममा घुसपैठ भएपछि कर्फ्यु जारी भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस अवधिमा तोकिएको क्षेत्रभित्र कुनै पनि प्रकारका सभा, जुलुस, प्रदर्शन, बैठक वा अन्य गतिविधि गर्न निषेध गरिएको छ ।

प्रशासनले तोकिएको समयावधिभर आवतजावत नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

कर्फ्यु क्षेत्र

बानेश्वर चोकदेखि पश्चिमतर्फ एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म,

बानेश्वर चोकदेखि पूर्वतर्फ मीनभवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म,

बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लानेट्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म,

बानेश्वर चोकदेखि दक्षिणतर्फ संखमुल ओरालो हुँदै संखमुल पुलसम्म।

जेनजी प्रदर्शनकारी संसद् भवन छिरेपछि प्रहरीको हवाई फायर

काठमाडौँमा प्रदर्शनमा उत्रिएका जेनजीहरू संघीय संसद् भवन परिसरभित्र प्रवेश गरेका छन्। उनीहरू प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेका हुन्।
उनीहरू संसद् भवन प्रवेश गरेसँगै प्रहरीले हवाई फायर गरेको छ।

भवनको गेटमाथिबाट उनीहरू भवन परिसरभित्र छिरेका छन्। जेनजीको प्रदर्शनमा तनाव बढ्न थालेको छ। बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढेपछि प्रहरीले अश्रुग्यास प्रहार तथा पानीको फोहोरा हानेको छ।

त्यस्तै उत्तेजित हुन थालेका प्रदर्शनकारीले सरकारविरुद्ध नारा चर्काएका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर पनि च्यातेका छन्। उनीहरूले सरकार तिम्रो पाराले दुस्ख पाए साराले भन्दै माइतीघरदेखि बानेश्वरसम्मको सडकमा प्रदर्शन गरेका छन्।

यो क्षेत्रको सडक पूर्णरुपमा अवरुद्ध छ। अहिले प्रदर्शनकारी पनि थपिँदैछन्। प्रदर्शनकारीहरू विद्यालयकै ड्रेसमा किताब कापीको झोला बोकेरै प्रदर्शनस्थलमा पुगेका छन्।

जेनजीको जुलुसमा सहभागीले च्याते प्रधानमन्त्री ओलीको फोटो

सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका जेनजीले प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो च्यातेका छन् ।

माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेकाहरुले बबरमहलस्थित नेपाल टेलिकमको कार्यालय अगाडि प्रधानमन्त्री ओलीको फोटो च्यातेका हुन् । पोलमा राखिएको फोटो तल झारेर उनीहरुले च्यातेका छन् ।

भ्रष्टाचार, बेथिती र सामाजिक सञ्जालमा सरकारले प्रतिबन्ध लगाएको विरोधमा स्वस्स्फूर्त सडकमा उत्रिएका युवाहरुको जुलुस माइतीघरबाट नयाँबानेश्वरतर्फ अघि बढेको छ ।

प्रदर्शनमा सहभागीहरुले सरकारविरुद्ध चर्का नाराबाजी गरेका छन् ।

उनीहरुलाई विभिन्न राजनीतिक दल, समूह र व्यक्तिहरुले समर्थन गरेका छन् ।

राष्ट्रिय झण्डा बोकेर सडकमा ओर्लिएका उनीहरुले राष्ट्रभक्ति गाएका छन् । उनीहरुले विभिन्न नारा लेखिएका प्लेकार्डसमेत बोकेका छन् । कतिपय स्कुल–कलेजको ड्रेसमा देखिन्छन् ।

‘असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिंडेको ट्याक्स लुटेर रु’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन ९भ्रष्टाचार रोक० लगायतका नारा लेखेका प्लेकार्ड उनीहरूले बोकेका छन् ।

सामाजिक सञ्जालमार्फत् गरेको आह्वान अनुसार प्रदर्शनमा उत्रिएका जेनजीले राजनीतिक दलका नेता–कार्यकर्तालाई प्रदर्शनमा सहभागी नगराउने बताएका छन् ।

प्रदर्शनको क्रममा रुख बिरुवा नभाँच्ने, सार्वजनिक सम्पत्ति नष्ट नगर्ने, आगजनी, तोडफोड नगर्ने, धाकधम्की नदिने, सभ्य र जिम्मेवार भएर प्रस्तुत हुने, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिने प्रतिबद्धता समेत जनाएका छन् ।

उनीहरुले प्रदर्शन शान्तिपूर्ण हुने बताएका छन् । यद्यपि घुसपैठ हुन सक्ने भन्दै सुरक्षाकमीको तैनाथी बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com