काठमाडौं, २२ भदौ । पतञ्जली भ्रष्टाचार प्रकरणका ६ जना अभियुक्तको ठेगाना पत्ता नलागेपछि उनीहरूका नाममा पत्रिकामा सूचना जारी हुने भएको छ।
विशेष अदालत काठमाडौँका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले आज आइतबार यस्तो आदेश गरेको हो। म्याद तामेल गर्न जाँदा अभियोग पत्रमा उल्लिखित ठेगानामा अभियुक्तहरू नभेटिएपछि पत्रिकामा नाम प्रकाशित गर्ने आदेश भएको होु विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियाले जानकारी दिए। यसप्रकरणका मुख्य अभियुक्तहरू पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पतञ्जलीका नेपाल प्रमुख शालिग्राम सिंहलगायत केही व्यक्ति अदालतमा उपस्थित भइसकेका छन्।







प्रतिक्रिया दिनुहोस्