ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईश्वरलाई वेवास्ता गरेका ओलीले कर्ण थापालाई पनि राके


ABC News

‘उहाँले कन्भिन्स गर्ने मलाई हो, उहाँ र म ३ घण्टा बसेको अस्ति राति, कुरा मिलेन’

काठमाडौं २१ भदौ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई अध्यक्ष केपी शर्मा ओलीले फरक मत प्रस्तुत गर्नबाट रोकेका छन्। यस अघि सचिवालय बैठकमा फरक मत दर्ता गराएका ईश्वर पोखरेलको प्रस्तावका बारेमा पनि ओलीले बेवास्ता गरिदिएका थिए ।

विधान महाधिवेशनको दोस्रो दिन शनिबार गोदावरीमा जारी बन्द सत्रमा थापाले आफ्नो फरक मत प्रस्तुत गर्न खोज्दा अध्यक्ष ओलीले पर्दैन भन्दिएको एक नेताले बताए ।
महाधिवेशनमा सहभागी एक नेताका अनुसार थापा झन्डै आधा घण्टा उभिएर माग गर्दा पनि ओलीले उनलाई फरक मत प्रस्तुत गर्नै दिएनन्।

बरु अध्यक्ष ओलीले यस विषयमा अस्ति राति नै थापासँग ३ घण्टा छलफल गरिसकेको र फरक मत प्रस्तुत नगर्ने सहमति भइसकेको दाबी गरे।

‘अस्ति राति कर्ण थापा र केपी ओलीबीच १२ बजेदेखि ३ बजेसम्म ३ घण्टा छलफल भएको( फरक मत नलाने, एउटा टिपोट लाने ग्रुप छलफलमा भनेर सहमति भएको भन्नुभयो’, ती नेताले ओलीको भनाइ उद्धृत गर्दै भने, ‘उहाँ ९थापा० आफ्नो ग्रुपमा जानुहुन्छ, यहाँनिर बोल्नु आवश्यक छैन, उहाँले कन्भिन्स गर्ने मलाई नै हो। उहाँ र म ३ घण्टा बसेको अस्ति राति। १२ बजेदेखि ३ बजेसम्म।’

ती नेताले थप सुनाए, ‘थापाले आधी घण्टा उभिएर विरोध गर्नुभयो। बोल्न दिनुपर्छ, मैले बोल्न पाउनुपर्छ भन्नुभयो। बस्नुस् भन्दा पनि नमानेर झन्डै आधी घण्टा उभिनुभयो, तर पाउनुभएन।’

त्यसपछि थापाले आफ्नो फरक मतका प्रति महाधिवेशन प्रतिनिधिहरूलाई हातहातमा दिएको उनले जानकारी दिए।

बिहीबार बसेको एमाले सचिवालय बैठकमा थापाले दर्ता गराएको ३२ पृष्ठको फरक मतमा पार्टीका पूर्वउपाध्यक्षसमेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्न नहुने आवाज जोडदारसँग उठाएका छन्। सचिवालय बैठकमा फरक मत दर्ता गराउँदा थापालाई विधान महाधिवेशनमा पेस गर्न दिने भनिए पनि अहिले अध्यक्ष ओलीले रोकेका हुन्।

फरक मतमा स्थायी कमिटी सदस्य थापाले पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता एक वर्षअघि नै नवीकरण भइसकेको उल्लेख गर्दै पार्टीले नै अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था र अभ्यासविपरीत मात्र नभएर लोकतन्त्रका विश्वव्यापी मान्यता र नेपालको संविधानकै प्रतिकूल रहेको जिकिर गरेका छन्।

२०६२ साल असार १४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको सदस्यता एक वर्षअघि नै नवीरकण भएको र उनी फेरि पार्टीको सदस्य भइसकेको भनेर सार्वजनिक कार्यक्रममै घोषणा गरेको दाबी पनि थापाले आफ्नो फरक मतमा गरेका छन्।

थापाले भण्डारीलाई एमालेमा रोक्नु प्रत्युत्पादक हुनसक्ने चेतावनी दिँदै उनलाई ससम्मान पार्टीको जिम्मेवारी दिन माग पनि गरेका छन्।

उनले भनेका छन्, ‘पूर्वराष्ट्रपति र पूर्वउपाध्यक्ष भई सफलतापूर्वक काम गरेर व्यापक जनविश्वास आर्जन गरिरहनुभएको कमरेड विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा आउन प्रतिबन्ध लगाउनु उचित हुँदैन। प्रत्युत्पादक हुनसक्छ। यी सबै परिस्थितिको मूल्यांकन गरेर विधानबमोजिम नवीकरण भइसकेको सदस्यता स्वीकार गरी उहाँलाई ससम्मान पार्टीको जिम्मेवारी दिनुपर्दछ भन्ने मेरो मत यस सम्मानित दोस्रो विधान महाधिवेशनसमक्ष स्वीकृतिका लागि प्रस्तुत गर्दछु।

विधान प्रस्तावमाथि समूहगत छलफल जारी

दोस्रो विधान महाधिवेशनमा आजबाट समूहगत छलफल सुरू भएको छ। ललितपुर गोदावरीस्थित सनराइज हलमा दोस्रो दिन आज महाधिवेशनमा प्रस्तुत भएका प्रतिवेदनहरूमाथि छलफल सुरु भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

महाधिवेशनको पहिलो दिन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव पोखरेलले सङ्गठनात्मक प्रतिवेदन र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आज केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल र केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा विजय सुब्बा आ–आफ्ना निकायको प्रतिवेदन प्रस्तुत गरेपछि समूहगत छलफल थालेका हुन्।

प्रतिनिधिलाई समूहगत छलफलका लागि १० समूहमा विभाजन गरिएको छ। ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित हिजोदेखि एमालेको दोस्रो विधान महाधिवेशन सुरु थियो।

महाधिवेशनमा देशभरिका दुई हजार २६ जना प्रतिनिधि र आयोजकका हैसियतमा ३१५ जना थप गरी कूल दुई हजार ३४१ जनाको सहभागिता रहेको छ । महाधिवेशन भोलि आइतबारसम्म सञ्चालन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com