ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकालाई शतप्रतिशत कर लगाउन मोदीलाई केजरीवालको सुझाव


एबीसी न्यूज

काठमाडौं १२ भदौ । भारतको राजधानी दिल्लीमा वर्चस्व रहेको आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ‘कायर’ को संज्ञा दिएका छन्।
दिल्लीका पूर्व मुख्यमन्त्री समेत रहेका केजरीवालले ट्रम्पको जबाफका लागि भारतले शतप्रतिशत कर लगाउनुपर्ने बताए । ‘यदि ट्रम्पले ५० प्रतिशत ट्यारिफ लगाएका छन् भने हामीले बदलामा १०० प्रतिशत ट्यारिफ लगाउनुपर्थ्यो। १४० करोड जनसंख्या कम होइन, हाम्रो बजार धेरै ठूलो छ।‘

केजरीवालले नरेन्द्र मोदी नेतृत्वको संघीय सरकार अमेरिकी राष्ट्रपति ट्रम्पको अगाडि झुकेको आरोप पनि लगाएका छन्।

केजरीवालले बिहीबार पत्रकार सम्मेलन गर्दै भने, ‘ट्रम्प एक कायर मानिस हुन्। जुन देश ट्रम्पविरुद्ध खडा भयो, त्यस देशको अगाडि ट्रम्पलाई झुक्नै पर्‍यो।‘

उनले थपे, ‘मोदीजीलाई के बाध्यता छ, थाहा छैन तर उनी ट्रम्पको अगाडि पूर्ण रूपमा झुकेका छन्।‘

केजरीवालले केही दिनअघि मोदीले ट्रम्पको दबाबमा कपासमा लाग्ने ११ प्रतिशत कर हटाइदिएको आरोप लगाए । ‘मोदीजीको यो निर्णयपछि अब अमेरिकाबाट आउने कपासमा कुनै शुल्क लाग्ने छैन।‘

उनका अनुसार, यो शुल्क केवल ४० दिन ९१९ अगस्टदेखि ३० सेप्टेम्बरसम्म० का लागि हटाइएको हो। अब अमेरिकाबाट आउने कपास भारतका किसानले उत्पादन गरेको कपासभन्दा सस्तो हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

सम्बन्धित

रेशम चौधरीको उम्मेदवारी रद्द

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

प्रचण्डले हरिबोल गजुरेलसहितलाई काठमाडौं बोलाए, अडानबाट नहट्ने गजुरेलको चेतावनी

चुनावी प्रचारमा ‘भाइरल’ बन्ने होड : विचार कि दृश्यात्मक प्रदर्शन ?

चितवन–१ मा ‘त्रिकोणीय रोमाञ्च’: जेनजी युवाको पनि दाउ !

संघीयतालाई चिहान बनाउदै ‘सिंहदरबार’ को मृगतृष्णा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com