ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ


ABC News

काठमाडौं ६ भदौ।श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमसिंघेलाई सरकारी खर्चको दुरुपयोग गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको छ। 

उच्च प्रहरी अधिकारीका अनुसार, उनीमाथि सन् २०२३ को सेप्टेम्बर महिनामा बेलायतको भ्रमणका सन्दर्भमा सोधपुछ गरिएको थियो, जुन भ्रमणका क्रममा उनले आफ्नी पत्नीको सम्मान समारोहमा सहभागी भएका थिए।

प्रहरी अधिकारीले जानकारी दिँदै भने, ‘हामी उहाँलाई कोलम्बोको फोर्ट न्यायालयमा पेश गर्दैछौं। उहाँमाथि सरकारी स्रोतहरू व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोपमा मुद्दा दर्ता गरिनेछ।’

पूर्वराष्ट्रपति विक्रमसिंघे सन् २०२३ को सेप्टेम्बर महिनामा हवानामा सम्पन्न विकासशील राष्ट्रहरूको सम्मेलनमा भाग लिएपछि फर्कंदै गर्दा बेलायतको यात्रामा रोकिएका थिए। उक्त क्रममा उनी र उनकी पत्नी मैत्रीले वुल्भरह्याम्प्टन विश्वविद्यालयमा आयोजित एक समारोहमा सहभागी भएका थिए।

विक्रमसिंघेले उक्त यात्रा व्यक्तिगत भएको र पत्नीका सम्पूर्ण खर्चहरू निजी स्रोतबाट व्यहोरेको दाबी गर्दै आएका छन्। तर प्रहरीको अपराध अनुसन्धान विभागले भने विक्रमसिंघेमाथि सो यात्राका लागि सरकारी खर्च प्रयोग गरिएको, साथै त्यस क्रममा सुरक्षाकर्मीहरूको तलब तथा खर्च पनि सरकारी ढुकुटीबाट व्यहोरेको आरोप लगाएको छ।

विक्रमसिंघे सन् २०२२ को जुलाईमा गोटाबाया राजपाक्षेले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि राष्ट्रपतिको जिम्मेवारीमा नियुक्त भएका थिए। गोटाबायाको शासनकालमा व्यापक जनप्रदर्शन, भ्रष्टाचार र कुशासनको आरोप लागेको थियो।

राष्ट्रपतिको कार्यकालमा विक्रमसिंघेले देशको अति गम्भीर आर्थिक संकटलाई केही हदसम्म सम्हाल्न सफल भएका थिए। तर, सन् २०२५ को सेप्टेम्बरमा सम्पन्न राष्ट्रपतिको पुनःनिर्वाचनमा उनी पराजित भएका थिए। रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com