काठमाडौं ४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सन्निकट भारत भ्रमणको पूर्व सन्ध्यामा भारत र चीनले फेरि लिपुलेकमा नेपाललाई बेवास्ता गर्दै द्विपक्षीय समझदारी गरेका छन् ।
चिनिया विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा भएको १२ बुँदे समझदारी सार्वजनिक गर्दै भारतले लिपुलेक नाकाबाट दुई देशबीच व्यापार गर्न सीमानाका पुनः खोल्ने घोषाण गरेको छ । लिपुलेक समेत समेटिएको नयाँ नक्सा तत्काली प्रधानमन्त्री ओलीकै पहलमा २०७७ सालमा संसदको दुई तिहाईभन्दा बढीले पारित गरेको छ । लिपुलेक शुरु देखि नै नेपालको भूमि भएपनि त्यहाँ नजिकै सन् १९६२ देखि भारतीय सेनाको व्यारेक रहँदै आएको छ ।

नेपालले आफ्नो नक्सामा समेटेको सो भूमिको बारेमा दुवै देश जानकार नहुने कुरै भएन । नेपाल– भारत सम्वन्ध र विशेषगरी ओलीसँग भावनात्मक रुपले समो जोडिएको सीमा नाकाका बारेमा उतिबेलै पनि नेपालले औपचारिक रुपमा चिनिया सरकार र भारतसँग समेत विरोध जनाएको थियो । तर लिपुलेकमा नेपाललाई बेवास्ता गरेर २ देशले सन् २०१४ समझदारी गरेका थिए ।
दुई देशबीच सीमा तनावपछिको झण्डै ५ वर्षपछि सुमधुर बनेको भारत–चीन सम्वन्धमा अहिले नयाँ न्यानोपन शुरु भएको छ।
यसै सन्दर्भमा भारतको भ्रमणमा रहेको चिनिया विदेश मन्त्री र उनका समकक्षी बीचको वार्तापछि जारी गरिएको समझदारीको नवौँ बुँदामा लिपुलेक, शिप्की ला पास र नाथुला पास नाका व्यापारिक प्रयोजनका लागि पुनः सञ्चालनमा ल्याउने उल्लेख गरिएको छ ।
अब नेपालले त्यो समझदारी बारेमा सन् २०१४–१५ मा जस्तै विरोध जनाउने र त्यसखालको समझदारी सच्चाउन पहल गर्छ कि चुपचाप प्रधानमन्त्री ओली भारत भ्रमणमा जान्छन् भन्ने प्रश्न उठेको छ ।
यसैबीच आज संसदमा जबाफ दिने कार्यक्रममा प्रधानमन्त्री स्वास्थ्यका कारण देखाउँदै रद्ध गरेका छन् ।








प्रतिक्रिया दिनुहोस्