काठमाडौ २८ साउन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ नै रहेको ठहर गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नाउपाको अध्यक्ष श्रेष्ठ नै रहेको ठहर आयोगले गरेको नेपालखबरलाई जानकारी दिए। ‘राजनीतिक दलसम्बन्धी ऐन र सम्बन्धित पार्टीको विधानअनुसार यस्तो निर्णय गरिएको हो,’ उनले भने, ‘असन्तुष्ट पक्षले पेस गरेको विवरण ऐन र विधान अनुसार मिलेन।’
आयोगले हिजो यस्तो निर्णय गरेको हो।
नाउपाको संस्थापक सदस्यहरूको भेलाले साउन १५ गते श्रेष्ठलाई अपदस्थ गर्दै लालवीर चौधरीलाई अध्यक्ष बनाउने निर्णय गरेको थियो।
लालवीर नाउपाका संस्थापक अध्यक्ष रेशम चौधरीका बुवा हुन् भने रञ्जिताका ससुरा हुन्। आयोगको निर्णयले पत्नीलाई अध्यक्षबाट हटाएर बुवालाई स्थापित गराउने रेशमको प्रयास विफल भएको छ।
रेशमले श्रीमतीलाई बर्खास्त गरेर बाबुलाई बनाए नाउपाको अध्यक्ष
नाउपाको साधारण सदस्यसमेत खोस्ने निर्णयपछि अध्यक्ष रञ्जिता भन्छिन्( हास्यास्पद, हास्यास्पद
नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठ पदमुक्त
रञ्जिताले दिइन् नाउपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई







प्रतिक्रिया दिनुहोस्