काठमाडौं, २८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको नोएडामा सम्पन्न म्याट्रिक्स फाइट नाइट (एमएफएन) को उपाधि जितेका रविन्द्र ढाँटलाई प्रोत्साहनस्वरुप सरकारले पाँच लाख रुपैयाँ दिने जनाएका छन्।
आज बिहान सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ढाँटलाई पाँच लाख र उनका प्रशिक्षलाई दुई लाख रुपैयाँ दिने निर्णय गरेको जानकारी दिएका हुन्।
‘भारतलाई हराएर म्याट्रिक्स फाइट नाइट ९एमएफएन० १७ मा बान्टमवेट च्याम्पियन बन्न सफल हुनुभएका रवीन्द्र ढाँटलाई अस्ति बसेको मन्त्रिपरिषदको बैठकले प्रोत्साहन स्वरुप ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। यस्तै उहाँका प्रशिक्षकलाई २ लाख रुपैयाँ दिने पनि निर्णय भएको छ,’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्, ‘पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल रवीन्द्रलाई फेरि पनि बधाई१’
ढाँटले टाइटल होल्डर चोंगरेंग कोरेनलाई पराजित गरेर उपाधि जितेका हुन्। तेस्रो राउन्डमा कोरेनलाई नकआउट गर्दै उनी एमएफएन बेल्ट आफ्नो नाममा पार्न सफल भएका थिए।







प्रतिक्रिया दिनुहोस्