काठमाडौ २० साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपलकुपतिका लागि आवेदन दिएका मध्ये २४ जनालाई सर्टलिस्टमा राखेको छ।
मन्त्रालयले मंगलबार ३ महिनादेखि रिक्त उपकुलपति पदमा आवेदन दिएका मध्ये २४ जनाको नाम सर्टलिष्टमा राखेर प्रकाशन गरेको हो।
मन्त्रालयले सर्ट लिष्टमा रहेका २४ जनाको साउन २२ र २३ गते व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तवार्ता हुने जनाइएको छ।
४ स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि ५५ जनाले आवेदन दिएका थिए। मन्त्रालयका अनुसार कार्ययोजना प्रस्तुतीकरण र अन्तवार्ताका लागि प्रत्येक प्रतिष्ठान मध्ये ६(६ जनालाई सटलिस्टमा राखेको छ।
४ प्रतिष्ठानमा उपकुलपति पद गत चैतदेखि रिक्त छन्। उपकुलपतिविहीन भएको २ महिनापछि गत जेठ १४ गते चारवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति सिफारिस गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको नेतृत्वमा समिति बनेको थियो।
समितिका सदस्यहरूमा राष्ट्रिय योजना आयोगको स्वास्थ्य हेर्ने सदस्य डा आरपी बिच्छा र स्वास्थ्य सचिव डा विकास देवकोटा छन्।








प्रतिक्रिया दिनुहोस्