काठमाडौ २० साउन । नेकपा एकीकृत समाजवादी का सांसद शेरबहादुर कुँवरले कुलिङ पिरियडका सम्बन्धमा गठित छानबिन समितिमाथि ठूला दलका शीर्ष नेताहरुले हस्तक्षेप गर्नु गलत रहेको दाबी गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको आकास्मिक समयमा बोल्दै ठूला दलका ठूला नेता र उच्चपदस्थ कर्मचारीको नेतृत्वबाट छानबिन समितिमा हस्तक्षेप हुनु राम्रो नभएको बताए।
‘असार २३ मा बनेको संसदीय छानविन समितिको सीमा सकिसकेको छ, अझै प्रतिवेदन आएको छैन,’ कुँवरले भने, ‘सुनिँदैछ, छानबिन समितिमा पनि ठूला दलका ठूला नेताबाट हस्तक्षेप भएको र कर्मचारीको शीर्ष नेतृत्वबाट पनि हस्तक्षेप भएको भन्नेछ। यदी यो हो भने खेदजनक छ।’







प्रतिक्रिया दिनुहोस्