ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तारकेश्वर नगरपालिका-११ का वडाध्यक्षसहित ११ जना पक्राउ


abc news

काठमाडौ २० साउन । काठमाडौँको तारकेश्वर नगरपालिका ११ का वडाध्यक्ष कविराज बस्नेत पक्राउ परेका छन्।

काठमाडौं महानगरपालिका र तारकेश्वर नगरपालिकाबीचको सीमा विवादमा झडप हुँदा कुटपिट गरी घाइते बनाएको आरोपमा उनीविरुद्ध जाहेरी परेको छ।

झडपमा घाइते भएका व्यक्तिले ज्यान मार्ने उद्योगमा जाहेरी दिएपछि प्रहरीले पक्राउ पूर्जी लिएको थियो। पक्राउ पूर्जी जारी भएको थाहा पाएपछि आफैँ निवेदनसहित उपस्थित भएका वडाध्यक्ष बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीले वडाध्यक्ष बस्नेतसहित ११ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई बालाजु प्रहरी वृत्तमा राखेर बयान लिइरहेको प्रहरीले जनाएको छ। १३ जनाविरुद्ध उजुरी परे पनि आज ११ जना एकसाथ बालाजु प्रहरी वृत्तमा उपस्थित भएको काठमाडौँ प्रहरी परिसरका एसपी कुलदीप चन्दले जानकारी दिए।

सीमा विवादमा दुई पक्षबीच असार २३ गते झडप भएको थियो। सोही विषयमा १३ जनाविरुद्ध काठमाडौँ महानगरपालिका १६ का स्थानीयले किटानी जाहेरी दिएका थिए।

अहिले उनीसँग सोधपुछको काम भइरहेको जिल्ला प्रहरी परिसरका डीएसपी मोहनमणी अधिकारीले बताए।

तारकेश्वर नगरपालिका वडा नं ११ र काठमाडौं महानगरपालिका १६ को सीमाना पर्ने महादेव खोला किनारमा बाँध बनाउने विषयमा स्थानीयबिच झडप भएको थियो।

सोही क्रममा केही व्यक्ति घाइते भएका थिए। बस्नेत कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com