ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले ‘ट्रान्सजेन्डर’ महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगायो


abc news

काठमाडौ २० साउन । अमेरिकी सरकारले ‘ट्रान्सजेन्डर’ अर्थात् परलैङ्गिक महिलाहरूका लागि खेलकुद भिसामा प्रतिबन्ध लगाएको छ ।

अमेरिकी नागरिकता तथा आप्रवासन सेवा ९यूएससीआईएस० ले महिला खेलकुदमा प्रतिस्पर्धा गर्न चाहने ट्रान्सजेन्डर महिलाहरूको भिसा योग्यता सीमित गर्न आफ्नो आप्रवासन नीति अद्यावधिक गरेको बताएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । महिला खेलकुदमा महिला खेलाडीहरूले मात्र प्रतिस्पर्धा गर्ने कुरा सुनिश्चित गर्नु यो नियमको उद्देश्य हो ।

पुरुषहरूलाई महिला खेलकुदबाट बाहिर राख भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशका आधारमा यो नयाँ नीति आएको हो । यस अनुसार आफ्नो लिङ्ग पहिचान परिवर्तन गरेका पुरुष खेलाडीहरूले महिला खेलकुदमा सहभागी हुन अमेरिका प्रवेश गर्न अनुमति पाउने छैनन् ।

अमेरिकाको ओलम्पिक तथा प्याराओलम्पिक समितिले गएको महिना राष्ट्रपति ट्रम्पले हस्ताक्षर गरेको कार्यकारी आदेशसँग मिल्दोजुल्दो नीति अद्यावधिक गरेको थियो । यसमा ट्रान्सजेन्डर महिलाहरूलाई महिला खेलकुदमा प्रतिस्पर्धा गर्नबाट रोक लगाइएको छ ।

ट्रम्पले गएको फेब्रुअरीमा पुरुषहरूलाई महिला खेलकुदबाट बाहिर राख्ने आदेशमा हस्ताक्षर गर्नुभएको थियो । यो निर्देशनले निष्पक्षता पुनर्स्थापित गर्ने समर्थकहरूले बताएका थिए तर आलोचकहरूले खेलाडीहरूको सानो अल्पसङ्ख्यकको अधिकार हनन गर्ने तर्क गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com