ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानको परमाणु कार्यक्रमलाई पाकिस्तानको समर्थन


abc news
श्रावण १९, २०८२ सोमबार   १२ : २९   बजे

काठमाडौ १९ साउन । पाकिस्तानले इरानको परमाणु ऊर्जाको शान्तिपूर्ण प्रयोगको अधिकारलाई समर्थन गरेको घोषणा गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले हालै पाकिस्तान भ्रमणमा रहनुभएका इरानी राष्ट्रपति मसूद पेजेश्कियानसँगको संयुक्त कार्यक्रममा पाकिस्तान शान्तिपूर्ण परमाणु शक्ति हासिल गर्न चाहने इरानको अधिकारसँग सहमत रहेको बताउनुभएको बीबीसीले जनाएको छ ।

प्रधानमन्त्री शरीफले हालै इरानमाथि इजरायली हमलाको निन्दा गर्दै इरानले आफ्नो सुरक्षाका निम्ति देखाएको तत्परताको प्रशंसा समेत गर्नुभयो । इरानी राष्ट्रपति पेजेश्कियानले इजरायल अस्थिरताको एजेन्डामा लागेको भन्दै मुस्लिम देशहरू शान्तिका लागि एकताबद्ध हुन जरुरी रहेको बताउनुभयो । दुवै नेताबीच आतङ्कवाद विरोधी साझा दृष्टिकोणका साथै क्षेत्रीय शान्ति र समृद्धि प्रवर्द्धनको प्रतिबद्धता जनाइएको खबरमा भनिएको छ ।

पाकिस्तानको सरकारी समाचार संस्था एसोसिएटेड प्रेस अफ पाकिस्तानका अनुसार, पाकिस्तान र इरानबीच व्यापार, कृषि, विज्ञान, प्रविधि, सूचना तथा सञ्चार, नवप्रवर्तन र समुद्री सुरक्षा लगायतका क्षेत्र समेटिएका १२ सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । यी सम्झौताबाट दुई देशबीचको रणनीतिक साझेदारी थप सुदृढ हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

सम्बन्धित

ई–पासपोर्ट खरिदमा नयाँ मोड : आरजु राणा देउवालाई बयानका लागि अख्तियारको म्याद

संसदमा तीन मन्त्रीको जबाफः सरकारको प्राथमिकतामा पूर्वाधार, विपद् व्यवस्थापन र शिक्षा !

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

तुइनखोलामा पहिरो हटाएर नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालन

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group