ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको मापदण्ड पुरा गर्दै रेड बुल नेपालले पायो विश्वस्तरीय आइएसओ


abc news
श्रावण १८, २०८२ आईतबार   ५ : ३८   बजे

काठमाडौं, १८ साउन। नेपालमा उत्पादित रेड बुल एनर्जी ड्रिंकले रेड बुल नेपालले आईएसओ प्रमाणपत्र पाएको छ । सरस बेभरेजद्वारा सञ्चालित अमरापुरीस्थित अत्याधुनिक उत्पादन केन्द्रले अन्तर्राष्ट्रिय खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको मापदण्ड पुरा गर्दै यो प्रतिष्ठित प्रमाणपत्र हासिल गरेको हो। यो उपलब्धिले रेड बुल नेपाललाई गुणस्तरीय उत्पादन, उपभोक्ता सुरक्षाप्रति प्रतिबद्धता र पारदर्शिताको प्रतीकका रूपमा थप विश्वसनीय बनाएको छ।

ISO 22000:2018  प्रमाणिकरणले रेड बुल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको छनोटदेखि अन्तिम प्याकेजिङसम्मका सम्पूर्ण प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालित रहेको पुष्टि गर्छ। कम्पनीका अनुसार, यस प्रमाणपत्रले उपभोक्तालाई हरेक क्यानमा ढुक्क भएर पिउन सकिने भरोसा दिन्छ।

रेड बुल एनर्जी ड्रिंक सरस बेभरेजको स्वामित्वमा नेपालमै उत्पादन हुँदै आएको छ। अमरापुरीस्थित उत्पादन केन्द्र पूर्ण स्वचालित, अत्याधुनिक प्रविधियुक्त, र वातावरणीय सुरक्षामा उच्च मापदण्ड पालना गर्ने सुविधा हो।

“ISO 22000 प्रमाणपत्र प्राप्त गर्नु हाम्रो खाद्य सुरक्षा तथा उत्पादन गुणस्तरप्रतिको गहिरो प्रतिबद्धताको प्रमाण हो”, सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले भने, “हामी गौरवान्वित छौं कि हाम्रो अमरापुरीस्थित कारखानाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मात्र होइन, त्यसभन्दा माथि उठेर खाद्य सुरक्षा, उत्पादन गुणस्तर, र सञ्चालन दक्षतामा उत्कृष्टता हासिल गरेको छ। यस उपलब्धिले नेपालमा रेड बुललाई अझ विश्वासिलो, उच्च-गुणस्तरीय र विश्वसनीय ब्रान्डका रूपमा स्थापित गरेको छ।”

ISO 22000 प्राप्त गरेसँगै, नेपाल अब रेड बुल उत्पादन गर्ने विश्वका पाँच मुलुकमध्ये एक बनेको छ। यसले नेपालमा रोजगारी र औद्योगिक वृद्धिमा टेवा पुर्‍याउनेछ, तर नेपाल–थाइल्याण्डबीचको व्यापारिक सहकार्यलाई पनि मजबुत बनाउने अपेक्षा गरिएको छ।

कम्पनीले उक्त प्रमाणिकरणलाई आगामी ब्रान्डिङ, विज्ञापन र उपभोक्ता संवादहरूमा प्रमुख रूपमा प्रस्तुत गर्ने योजना बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group