ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अन्तर्राष्ट्रिय खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको मापदण्ड पुरा गर्दै रेड बुल नेपालले पायो विश्वस्तरीय आइएसओ


abc news

काठमाडौं, १८ साउन। नेपालमा उत्पादित रेड बुल एनर्जी ड्रिंकले रेड बुल नेपालले आईएसओ प्रमाणपत्र पाएको छ । सरस बेभरेजद्वारा सञ्चालित अमरापुरीस्थित अत्याधुनिक उत्पादन केन्द्रले अन्तर्राष्ट्रिय खाद्य सुरक्षा व्यवस्थापन प्रणालीको मापदण्ड पुरा गर्दै यो प्रतिष्ठित प्रमाणपत्र हासिल गरेको हो। यो उपलब्धिले रेड बुल नेपाललाई गुणस्तरीय उत्पादन, उपभोक्ता सुरक्षाप्रति प्रतिबद्धता र पारदर्शिताको प्रतीकका रूपमा थप विश्वसनीय बनाएको छ।

ISO 22000:2018  प्रमाणिकरणले रेड बुल उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको छनोटदेखि अन्तिम प्याकेजिङसम्मका सम्पूर्ण प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालित रहेको पुष्टि गर्छ। कम्पनीका अनुसार, यस प्रमाणपत्रले उपभोक्तालाई हरेक क्यानमा ढुक्क भएर पिउन सकिने भरोसा दिन्छ।

रेड बुल एनर्जी ड्रिंक सरस बेभरेजको स्वामित्वमा नेपालमै उत्पादन हुँदै आएको छ। अमरापुरीस्थित उत्पादन केन्द्र पूर्ण स्वचालित, अत्याधुनिक प्रविधियुक्त, र वातावरणीय सुरक्षामा उच्च मापदण्ड पालना गर्ने सुविधा हो।

“ISO 22000 प्रमाणपत्र प्राप्त गर्नु हाम्रो खाद्य सुरक्षा तथा उत्पादन गुणस्तरप्रतिको गहिरो प्रतिबद्धताको प्रमाण हो”, सरस बेभरेजका प्रबन्ध निर्देशक सुरेन्द्र सिलवालले भने, “हामी गौरवान्वित छौं कि हाम्रो अमरापुरीस्थित कारखानाले अन्तर्राष्ट्रिय मापदण्डअनुसार मात्र होइन, त्यसभन्दा माथि उठेर खाद्य सुरक्षा, उत्पादन गुणस्तर, र सञ्चालन दक्षतामा उत्कृष्टता हासिल गरेको छ। यस उपलब्धिले नेपालमा रेड बुललाई अझ विश्वासिलो, उच्च-गुणस्तरीय र विश्वसनीय ब्रान्डका रूपमा स्थापित गरेको छ।”

ISO 22000 प्राप्त गरेसँगै, नेपाल अब रेड बुल उत्पादन गर्ने विश्वका पाँच मुलुकमध्ये एक बनेको छ। यसले नेपालमा रोजगारी र औद्योगिक वृद्धिमा टेवा पुर्‍याउनेछ, तर नेपाल–थाइल्याण्डबीचको व्यापारिक सहकार्यलाई पनि मजबुत बनाउने अपेक्षा गरिएको छ।

कम्पनीले उक्त प्रमाणिकरणलाई आगामी ब्रान्डिङ, विज्ञापन र उपभोक्ता संवादहरूमा प्रमुख रूपमा प्रस्तुत गर्ने योजना बनाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com