ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वीरगञ्ज भन्सारले राजस्व सङ्कलन लक्ष्य अनुसार गर्न सकेन


abc news

काठमाडौ १८ साउन । खुला सीमाबाट हुने अवैध तस्करी नियन्त्रणमा नआउँदा वीरगञ्जका दुई भन्सार कार्यालयले गत आर्थिक वर्षमा वार्षिक राजस्व लक्ष्य भेट्टाउन सकेनन् । गत वर्ष वीरगञ्ज भन्सार कार्यालयलाई २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य दिइएको थियो । तर कार्यालयले त्यसको ८० दशमलव ३५ प्रतिशत मात्रै अर्थात् एक खर्ब ७५ अर्ब ९३ करोड रुपैयाँ मात्र सङ्कलन गर्‍यो ।

अघिल्लो वर्षको तुलनामा लक्ष्य घटाइए पनि राजस्व सङ्कलनमा अपेक्षित सुधार देखिएन । त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयले गत वर्ष ६० अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य पाएकोमा ४९ अर्ब ८२ करोड रुपैयाँ मात्र उठाउन सक्यो ।

भन्सार प्रमुख दीपक लामिछानेले खुला सीमाबाट हुने चोरी पैठारी र दुवै देशबीचको रोटीबेटी सम्बन्धले नियन्त्रणमा कठिनाइ भएको बताए । वीरगञ्ज भन्सारले सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थ ८० अर्ब ९२ करोड रुपैयाँ र सवारीसाधनरपार्टपुर्जा १९ अर्ब ८२ करोड रुपैयाँबाट सङ्कलन गरेको छ । तर, सुरक्षा निकायले एक वर्षमा मात्र पर्साबाट १ अर्ब रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेका छन् । सशस्त्र प्रहरी र नेपाल प्रहरीले गोदाममा छापा मारेर नियमित रूपमा साप्ताहिक रूपमा सातदेखि १५ लाख रुपैयाँसम्मका सामान जफत गरिरहेका छन् ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले अवैध कारोबारले प्रोत्साहन पाएकाले वैध कारोबार निरुत्साहित भएको बताउनुभयो । स्थानीय प्रशासन, प्रहरी र भन्सारको समन्वय कमजोर हुँदा सीमावर्ती क्षेत्रमा चोरी पैठारी अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com