काठमाडौं, १८ साउन । विद्युत प्राधिकरणले विद्युत सुचारुका कुनै समस्या छैन भनेपनि विद्युत आपूर्तिको नियमिततामा भने उसले आश्वस्त तुल्याउन सकेको छैन ।
केही दिनयता बेला–कुबेला झ्याप्झ्याप बिजुली जाने समस्याले राजधानीकै उपभोक्ता दिक्क बनिरहेका छन् । मौसम बदलिएर सगै विद्युत प्राधिकरणको नियत पनि परिर्वतन भएको देखिन्छ । उपत्यकाभित्र र बाहिर धेरै स्थानमा बिजुली आउने र जाने भइरहेको छ । काठमाडौंका लाजिम्पाट एरियामा गएराती १ बजे देखि अवरुद्ध भएको विद्युत यो समाचार तयार गर्दा सम्म सुचारु हुन सकेको छैन । लाजिम्पाटका स्थानियबासी रवी तिमेल्सेना भन्छन्, ‘बिजुली यसरी नै आउनेजाने भइरहने हो भने इन्भर्टरको जोहो गर्नैपर्ने भयो ।
विद्युत प्राधिकरणले यस्तो समस्या पूर्णरुपमा प्राविधिक कारणले भएको बताउने गरेको छ । तर, २४ घन्टा उज्यालोमा बस्ने बानी परेका सर्वसधारणलाई ५ मिनेटमात्र पनि बत्ति जाँदा सकस हुन्छ । अघोषित विद्युत कटौतीले घरेलु ग्राहकभन्दा बढी व्यावसायिक र औद्योगिक ग्राहकलाई झन् मर्का पर्ने गरेको छ । वर्षाको केही महिना पनि यस्तै समस्या देखिएको थियो । धेरै पानी परेको र हावाहुरी चलेका बेला लाइन ट्रिपिङ हुनु स्वभाविक भए पनि सिमसिमे पानी परेलगत्तै लाइन जानुलाई सर्वसधारणले अस्वभाविक मानेका छन् । नेपाल विद्युत् प्राधिकरणका अनुसार भारत–नेपाल अन्तरदेशीय प्रसारण लाइनमा आएको ‘फल्ट’ र खराब मौसमका कारण समस्या उत्पन्न भएको हो। “हावाहुरीले तार चुडिएका छन् र कमजोर पूर्वाधारले थप समस्या ल्याएको छ,” प्राधिकरणका एक अधिकारीले भने, “विगतमा यस्तो समस्या १५–३० मिनेटमा समाधान हुने गरेको थियो, तर यसपटक व्यवस्थापनमा कमजोरीका अलि लामो समय जाने गरेको छ ” प्राधिकरणमा नेतृत्व परिवर्तनपछि व्यवस्थापन चुनौतीमा परेको उनीहरूको भनाइ छ।







प्रतिक्रिया दिनुहोस्